ताजा खबर

विद्या भट्टराईको उम्मेदवारीले भरतपोखरीबासी उत्साहित

   २१ कार्तिक २०७६, बिहीबार १८:३२      1,910 views

मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार रहनु भएकी विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान स्व.मन्त्री रविन्द्र अधिकारीको जन्मस्थान पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीबाट शुरू गर्नु भएको छ ।

रविन्द्रको निधनपछि निरास उक्तठाउँका बासिन्दा विद्याको उम्मेदवारीसँगै उत्साहित बनेका छन् । आफ्नो चुनावी अभियान शुरू गर्न गृह स्थान पुग्नुभएकी विद्यालाई स्वागत गर्दै उक्त ठाउँका बासिन्दाले रविन्द्रको सपना पुरा गर्न र समग्र देशलाई समृद्धिपथमा अगाडि बढाउन आग्रह गरेका थिए ।

भेटघाट कार्यक्रममा निर्वाचनका प्रत्यासी भट्टराईले आवश्यकता र चाहनाका कारण अव आफु रविन्द्रको उत्तराधिकारी भएर निर्वाचनमा होमीएको भन्दै कास्की क्षेत्र नं. २ को भरोसा र विश्वासलाई कहिल्यै डगमगाउन नदिने भन्दै सम्पूर्ण जनसमुदायहरूलाई शोकलाई शक्तिमा बदलेर निर्वाचनको अभियानमा सरिक हुन आग्रह गर्नु भयो ।


भरतपोखरी रविन्द्रको जन्मस्थानका साथै नेपाली राजनीतिक इतिहासको एक महत्वपूर्ण कोशेढुंगा भएको हुँदा उक्त क्षेत्रका सबै बासिन्दाको समृद्धि आफ्नो मूलमन्त्र भएको बताउनु भयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य भिम कार्कीले पार्टीका क्षमतावान, बौद्धिक नेतृ, विद्या भट्टराईलाई उम्मेदवार बनाएको भन्दै आउने दिनमा उहाँको भूमिकाले क्षेत्र र जिल्लाको विकासमा महत्वपूर्ण स्थान राख्ने हुँदा बिजयी गराउन आग्रह गरिन् ।


उम्मेदवार कास्कीका संयोजक धनराज आचार्यले रविन्द्रको विरासत अगाडि बढाउन विद्याको महत्वपूर्ण भूमिका हुनेकुरामा दुविधामा नरहेको भन्दै पार्टी र आम जनसमुदायहरूलाई विश्वस्त हुन आग्रह गरे । कार्यक्रममा अनेरा स्ववियूका केन्द्रीय नेता रश्मि आचार्यले नेपाली राजनीतिक इतिहासमा अव्वल र समृद्धिका सम्वाहक रविन्द्र अधिकारी जस्ता अनुकरणीय नेता भरतपोखरीले गरेको भन्दै भरतपोखरीको सामु फेरी आएको यो अवसरलाई भरपुर प्रयोग गर्न पछि पर्न नहुने बताउनु भयो ।

नेकपा पोखरा महागरपालिका वडा नं. ३३ का अध्यक्ष गुरुप्रसाद क्रान्तिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सयौंका संख्यामा उपस्थित भरतपोखरीबासीले भट्टराईलाई निर्वाचनमा बिजयी सुनिश्चित भएको भन्दै निर्वाचनमा उम्मेदवार पाउँदा हर्षित भएको प्रतिक्रिया दिएका थिए ।


यस लगत्तै भट्टराईलै भरतपोखरी स्थित सहित तुलराज आचार्यको फोटोमा माल्यार्पण सहित निर्वाचन कार्यालय पुगी आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको थियो । उहाँको प्रस्तावकमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा र समर्थकमा नेकपा नेतृ प्रभा कोइराला रहनु भएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284