ताजा खबर

विविध कार्यक्रम गरी तमु धिंले च्यु ल्होछार मनाउने

   २० मंसिर २०७६, शुक्रबार २०:१६      3,476 views

तमु जातिको नयाँवर्ष एवम महान पर्व ल्होछार तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालले विविध कार्यक्रम गरी मनाउने भएको छ।

तमु धिं नेपालको शुक्रवार सम्पन्न बैठकले शुभकामना आदानप्रदान, ल्होछार विशेष साँस्कृतिक कार्यक्रम, रक्तदान, सरसफाई, दिप प्रज्वलन, समाज समाजमा ल्होछार मनाउनुका साथै सामुहिक ल्होछार कार्यक्रम गरी भव्यताका साथ मनाउने भएको छ।

फो ल्हो(मृग वर्ग)को विदाई र च्यु ल्हो(मुसा वर्ग)को स्वागतका लागि पुष १० गते तमु धिं नेपाल केन्द्रीय आमा समितिको आयोजनामा शुभकामना आदान प्रदान, साँस्कृतिक कार्यक्रम र जलपान कार्यक्रम, साँस्कृतिक उपसमितिका संयोजक मेनकाजी गुरुङको संयोजकत्वमा पुष १३ गते ल्होछार विशेष साँस्कृतिक कार्यक्रम भव्यताका साथ गरिने निर्णय गरेको छ।

ल्होछार कार्यक्रम अन्र्तगत संस्थाको सामाजिक उत्तरदायित्वका साथै मानवीय सेवाका उद्धेश्यले पुष १४ गते रक्तदान कार्यक्रम गर्ने भएको छ।

उक्त कार्यक्रमको संयोजकमा युवा समाजसेवी बिग्नेश थापा गुरुङको संयोजकत्वमा फिर्के तमु समाजका अध्यक्ष क्या.डम्बरबहादुर गुरुङ, जोगीमणी तमु समाजका अध्यक्ष क्या.डम्बर गुरुङ, तनहुँ तमु समाजका अध्यक्ष क्या.सुकबहादुर गुरुङ, पैयुँखोला तमु समाजका अध्यक्ष बलबहादुर गुरुङ र ब्रेज मेश्रों घान्द्रुक तमु समाजका अध्यक्ष हितकाजी गुरुङ रहेको उपसमिति गठन गरिएको छ।

यस्तै गरी १४ गते बेलुका तमु ह्युला चोक पार्टी बिरौटामा दिप प्रज्वलनका लागि तमु धीं नेपालका सहकोषाध्यक्ष सुवेदार तुलबहादुर गुरुङले संयोजनको जिम्मेवारी तोकिएको छ। च्यु ल्हो आगमनको अवसरमा १४ गते नै सरसफाई अभियान, पुष १५ गते समाजहरु, गुम्बा र क्होइबोमा ल्होछार कार्यक्रम र पुष १६ गते कस्केली तमुको सामुहिक ल्होछार कार्यक्रममा बृहत सहभागीता हुने तमु धिं नेपालले निर्णय गरेको छ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284