“शुरुमा गाँसबासको लागि गाएँ अब त गीत सँगीतमै जीवन पाएकी छु”– लोक गायिका मधुमाया थापा मगर
मीना थापा मगर, पोखरा
बाल्यकालदेखि नै आफ्नो कोकिल आवाजले छ डाँडा वल्लो गाउँ, बाह्र डाँडा पल्लो गाउँ गुन्जाएकी लोक तथा दोहोरी गायिका मधुमाया थापा मगर अहिलेकी व्यस्त गायिकाको रुपमा परिचित छिन् ।

तनहुँको व्यास नगरपालिका वडा नं. १४ केशवटारमा बाबा थमान सिं थापा र आमा नानीमाया थापाको चार बहिनी छोरी मध्ये साहिली छोरीको रुपमा जन्मिएकी मधु आफूले कति उमेरदेखि गाउँन थालियो भन्ने एकिन पनि छैन । सानै उमेर देखि नै गीत गाउँने भएकोले उ बेला नै गाउँलेहरुबीच बालगायिकाको रुपमा आफूलाई चिनाएकी मधु गाउँ र विद्यालयमा हुने विभिन्न गायन प्रतियोगितामा भाग लिँदै जाने क्रममा सधै प्रथम हुने गरेको सुनाइन् ।
बाल्यकालदेखि नै आफ्नै गाउँपाखामा गाइने मौलिक भाका र शब्दलाई टपक्क टिपेर आफ्नै लय र शब्द संकलन गरी गाउने खुवी भएको हुनाले गाउँघरमा हुने विभिन्न समारोह तथा विशेष कार्यक्रमहरुमा उनलाई अनिवार्य उपस्थिति गराइन्थ्यो । उनी भन्छिन् “कहिँकतै कार्यक्रम भएको बेलामा सहभागिताको लागि विद्यालयमा नै लिन आउँथे, मेरो कला गला देखेर शिक्षकहरुले पनि मलाई साथ दिनुहुन्थ्यो ।”
यसरी गाउँदै जाने क्रममा १३ वर्षको उमेरमा नै उनले दमौली महोत्सवमा गाउने अवसर पाइन् । त्यसपछि त झन् उनलाई विभिन्न स्थानीय मेला महोत्सवहरुमा बोलाउने गरेको बताउँछिन् । अहिले पनि स्थानीय कलाकारहरु मध्ये सबैभन्दा बढी स्टेज पाउने कलाकारको रुपमा चिनिएकी छिन् मधु । अहिलेको प्रतिस्पर्धाको समयमा पनि वर्षमा कम्तीमा ३० देखि ३५ वटा मेला महोत्सव तथा विभिन्न समारोहमा उनले गाउने मौका पाउँछिन् ।
वि.सं. २०७२ सालमा एसएलसी दिएपछि पढाइ सँगसँगै बाध्यताले गायनलाई पेशाको रुपमा अँगालेकी मधुले दमौलीको सेतीमादी दोहोरी साँझबाट व्यवसायिक गायनको सरुवात गरेको बताउँछिन् । कृषिमा आत्मनिर्भर हुनुपरेको पारिवारिक पृष्ठभूमिमा हुर्केकी मधुको घरको आयआर्जनको स्रोत केही नभएपछि आफ्नो पढाइ खर्च र घरको व्यवहारिक खर्च आफैले धान्नु पथ्र्यो । आफू भन्दा माथिका २ दिदीहरुको बिबाह भएपछि घरको सबै जिम्मेवारी आफ्नो काँधमा बोकेकी मधुले विवाह पश्चात् पनि बाबा आमा अनि परिवारको जिम्मेवारी बहन गरिरहेकी छिन् ।
विवाहपछि करिव पाँच वर्षसम्म गायन पेशालाई रोक्नुपरेको तितो अनुभव सुनाउँदै आफ्नो कला र गलालाई कुनै पनि हालतमा मर्न दिनु हुन्न भन्ने उद्देश्यले डेड बर्षको दुधे बालक च्यापेर ४ वर्षअघि पोखरा झरेकी मधु अन्ततः पोखरालाई नै कर्मथलो बनाउन सफल भइन् । पोखरा आएकै दिन रुपाहिल दोहोरी साँझमा गाउन सुरु गरेकी उनी अहिले बालकासी गुरुङको रोधी टिभीमा पनि नियमित गाउने गर्दछिन् ।

आमा नानीमाया पनि दोहोरी गाउँनमा खप्पिस छिन् । आमा छोरी दोहोरी गाएर गाउँलेलाई गीत सँगै रुवाउन र हसाउँन सक्ने खुवी थियो उनीहरुमा । त्यसैले आफूमा आमाको गायन गुण सरेको बताउँछिन् । उसो त मधुको ससुरा विरु थापा मगर पनि उ बेलाका लोक गायक हुन् । उनले मगर भाषाका मौलिक कौराहा, झ्याउरे गीत रेकर्ड गरिसकेका छन् । मधुको संगीतमय पारिवारिक पृष्ठभूमि भएको कारणले पनि उनलाई यो पेशामा लाग्न कुनै बाधा अप्ठ्यारो भएन । परिवार र श्रीमानको साथ, आफन्तको सहयोग अनि आफ्नै मेहनत र लगनशिलताले नै यो अवस्थासम्म आइपुगेको बताउँछिन् ।
उनले अहिलेसम्म थुपै्र लोक तथा दोहोरी गीत रेकर्ड गाइसकेकी छिन् । गायनको सुरुवाती चरणमा नै “हिमालको हाँसो” (२०७३) गीत रेकर्ड गरेकी मधुले “धानको बाला लसरी पसरी”, “पट्टकोको झोरा” (झ्याउरे), “हाइ मेरी मायालु” (झ्याउरे), “बुटा रैछ खुर्पेटो” (कौराहा), “भुरुरु उडेको चरी” (लोक दोहोरी), “जोडी राम्रो” (मगर गुरुङ गीत), “लालुपाते फुल फुल्यो रातै” (लोकगीत), “बेसी खोला छ” लगायत थुपै्र गीतमा स्वर दिएकी छिन् । गायन सँगै उनले मोडलिङलाई पनि अगाडि बढाएकी छिन् ।
गीत गाउने शिलशिलामा उनी देशको विभिन्न ठाउँमा पुगिसकेकी छिन् भने देशबाहिर इन्डिया र चाइनासम्म पुगेकी छिन् । आफ्नै कला, गला र भाग्यले जुराएको पेशा भएर होला कहिल्यै पनि यो क्षेत्रमा लागेर उनलाई पछुतो छैन । ठुला कलाकार जस्तै स्टेजमा गाउने सानैदेखि सपना बुनेकी मधुले अन्य स्थानीय कलाकारको तुलनामा अलि बढि नै मेला महोत्सवमा रम्ने मौका पाइरहेकी छिन् ।
कलिलै उमेरमा जीवन भोगाइको विभिन्न चरण पार गर्दै लोक संगीत क्षेत्रमा संघर्ष गरिरहेकी मधु भन्छिन् “शुरुमा गाँसबासको लागि गाएँ अब त गीत सँगीतमै जीवन पाएकी छु, जीन्दगीभरि यही पेशा अगाल्ने छु ।”
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38