ताजा खबर

श्रमिक महिलाको अधिकार प्राप्तिका लागि महिला आफै शसक्त हुनुपर्नेमा जोड

   २३ फाल्गुन २०८१, शुक्रबार २०:१३      391 views

पोखरामा आयोजित महिला संवाद कार्यक्रममा सहभागीहरुले महिलालाई जन्मैदेखि समानताको अवरोध गरिएको र जिम्मेवारीबाट पाखा लगाइएको हुनाले आर्थिक, शैक्षिक, समाजिक, मानसिक तथा हरेक क्षेत्रमा महिला आफै शसक्त हुनुपर्नेमा जोड दिएका छन् ।


नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा ११५औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको आयोजनामा आयोजित “महिला संवाद, शसक्त महिला समावेशीकरण र समानता विषयक’ अन्तरक्रिया कार्यत्रममा वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।


मानव अधिकार आयोगको कार्यालय, पोखराका प्रमुख नितु गर्तौलाले महिला पुरुष जैविक रुपमा मात्र फरक रहेको तर असमान होइन भन्दै हिंसामा कोही पर्न नहुने बताइन् । महिला मात्र होइन महिला, पुरुष या कुनै पनि प्राणि हिंसामा पर्न नहुने भन्दै हिंसामा परेमा कानुन अनुसार सम्बोधन हुनुपर्नेमा जोड दिइन् । धेरैजसो महिलाको चरित्रलाई विषय बस्तु बनाएर उनीहरुलाई हिंसामा पारिएको भन्दै जो सुकै पनि हिंसा सहेर बस्न नहुने बताइन् ।


यसैगरी अर्का प्रस्तुतकर्ता किताबखाना तथा प्रदेश सञ्चार समन्वय शाखा, गण्डकी प्रदेश प्रमुख पार्वती लामिछानेले श्रमिक महिला दिवस र महिलाका सवाल’ विषयमा प्रस्तुतिकरण गरेकी थिइन् । उनले महिला हिंसा रोक्न तथा महिलाको विकास गर्न सुधारको अभियान घर, समाज, गाउँ, जिल्ला, प्रदेश र केन्द्र तहबाटै गरिनुपर्ने र शिक्षा चेतना सशक्त पार्नको लागि आम रुपमा महिला सशक्तिकरणको कार्यक्रमहरु सञ्चालन गरिनुपर्नेमा जोड दिइन् ।


नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्ष शर्माले ‘संचार माध्यममा महिला, अवसर र चुनौति’, विषयमा प्रस्तुतिकरण दिँदै नेपाली पत्रकारितामा महिलाको सहभागिता बढ्दै गएपनि चुनौतिहरु यथावत रहेकोले अवसर र चुनौतिबिच सन्तुलन कायम गर्दै अगाडि बढ्न आवश्यक रहेको बताइन् ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरीक्षक सरला ढकाल, ब्रोड कास्टिङ एसोसियशन अफ नेपाल (बान) का उपाध्यक्ष दुर्गा अधिकारी, पोखरा उद्योग बाणिज्य संघकी महासचिव शोभा गौतम, लेखनाथ उद्योग बाणिज्य संघकी महासचिव जानुका पराजुली, लगायतले महिलाको अधिकार प्राप्तिका लागि महिला पुरुष दुवै शसक्त र सचेत हुनुपर्नेमा जोड दिए ।


नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको महिला संवादमा उपाध्यक्ष माधव रेग्मीले स्वागत र कार्यक्रम संयोजक एवं संघका उपाध्यक्ष कञ्चन थापाले सञ्चालन गरेकी थिइन् । कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशले सहयोग गरेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

7 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284