ताजा खबर

श्रीमती सीताको मन राख्न अमेरिका : दाहाल

   ३ चैत्र २०७५, आईतवार १९:५४      1,476 views

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि आइतबार अमेरिका गएका छन् ।

अमेरिकातर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले श्रीमती सीताले पटक–पटक ‘अमेरिका गएर उपचार गर्न पाए निको हुन्थ्यो कि’ भनेर जोड गरेकाले सीताको मन राख्न अमेरिका जान लागेको बताए ।

पार्किन्सन रोगबाट ग्रस्त सीता दाहालको अमेरिकाको बाल्टीमोरस्थित जोन हकिङ्स अस्पतालमा उपचार गरिने जनाइएको छ ।

रोगको परीक्षण गर्न ७ देखि १० दिनको समय लाग्ने र त्यसपछिपनि उतै बस्नुपर्ने अवस्था आए पत्नी सीतालाई छोरी–ज्वाइँको साथमा छाडेर आफू फर्कने उनले बताए ।

स्वास्थ्य उपचारका लागिमात्रै जान लागेको भएपनि त्यहाँ रहँदा अमेरिकी सरकारका प्रतिनिधिहरुसित अनौपचारिक भेटघाट हुनसक्ने पनि अध्यक्ष दाहालले बताए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284