ताजा खबर

संविधान संसोधन नभए सरकार छाड्छौः उपप्रधानमन्त्री यादव

   १० चैत्र २०७५, आईतवार १४:३०      1,388 views

नेपाल सरकारका उपप्रधान, स्वास्थ्य तथा जनसङख्या मन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन नभए सरकार छाड्ने चेतावनी दिनुभएको छ।


संघीय प्रेस फोरम, कास्कीद्धारा पोखरामा शनिवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री यादवले हतारमा जारी गरिएको अधुरो र अपुरो संविधान संशोधन गर्ने प्रधानमन्त्री केपी ओलीबाट पटक पटक वचनवद्धता भएकाले केही समय धैर्यता गर्ने, यदि संविधान संशोधन नगर्ने अवस्था आए सरकारबाट बाहिरिने बताउनुभएको हो।

दुइ बुँदे सहमतिका आधारमा सरकारमा गएको हो, ढिलोचाँडो संविधान संशोधन हुनेमा आफु विश्वस्त भएको यादवले बताउनुभयो। सरकारले संविधान संशोधन, आर्थिक समृद्धि वा विकास र राजनीतिक स्थिरताका लागि प्राथमिकता दिनुपर्ने उहाँको भनाई थियो। द्धन्द्धबाट मुलुक अग्रगतितर्फ लम्कन सक्दैन भन्ने विप्लवलाई पनि थाहा छ, सहमतिबाटै राजनीतिक सहमति खोज्नुपर्ने यादवले बताउनुभयो। सिके राउतसँगको सहमतिका बारेमा पत्रकारहरुले जिज्ञासा राख्दा मन्त्री यादवले जेलबाट छुट्न सिके राउतले सहमति मात्रै होइन उसले उठाउदै आएको मुद्धा छाडेको बताउनुभयो।

देशलाई आर्थिक विकास र समृद्धिको लागि पर्यटन, कृषि र जलबिद्युतमा विशेष जोड दिनुपर्ने बताउनुभयो। विकासले जुन गति लिनुपर्ने हो, त्यो हुन नसकेकाले संघीयतामाथि नै प्रहार हुन थालेको समेत उहाँको भनाई थियो।

पार्टी एकताको चर्चाका बारेमा पत्रकारहरुले जिज्ञासा राख्दा उहाँले भन्नुभयो, राजपा, नयाँशक्ति, जनमुक्ति लगायतसँग एकताका लागि पहलहरु भईरहेको छ। राजपाले सरकारलाई दिएको समर्थन फिर्ता भनिए पनि प्रदेश र स्थानियमा राजपा सरकारमै रहेकाले सरकार छाडेको भन्न नमिल्ने फोरम अध्यक्षको भनाई थियो। राजपासँग एकताका लागि सरकार छाड्नुपर्ने शर्त आयो नि भन्ने प्रश्नमा उहाँले पहिलो पार्टी एकता अनि एकिकृत पार्टीले सरकारमा रहने नरहने निर्णय गर्ने बताउनुभयो।


कर्मचारी र बजेटको अभाव छ भन्नुहुदै उहाँले स्वास्थ्य मन्त्रालयमा हाल ४.४ प्रतिशत बजेट मध्ये ४ प्रतिशत तलबमा जाने र ०.४ प्रतिशतले कस्तो विकास हुन्छ भन्नुहुदै आउदो बजेट बृद्धि गरी जनताका स्वास्थ्य सेवाका लागि अस्पताल, उपकरण, जनशक्ति बृद्धि गर्ने योजना रहेको बताउनुभयो। देशमा २१ हजार चिकित्सक आवाश्यक रहेकोमा हाल हाल १ हजार ४ सय जना सरकारी चिकित्सकको सेवा दिनु परेको उहाँले बताउनुभयो।


पत्रकार सम्मेलन संघीय प्रेस फोरम तमुवानका संयोजक हुम तमुको अध्यक्षता र शुसान्त गाहा मगरले सञ्चालन गर्नुभएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284