संस्कृति प्रबद्र्धनको निम्ति ताङतिङमा सिफपि ग्रीन बिल्डिङ नेदरल्याण्डले सहयोग गर्ने
कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङमा ताङतिङ इको टुरिजम डेभलपमेन्ट प्रोजेक्ट अन्तरगत संस्कृति संरक्षण र प्रबद्र्धनको निम्ति विभिन्न कार्यक्रम हुनेभएको छ ।

सिफपि ग्रीन बिल्डिङ नेदरल्याण्डको २२ लाख ७५ हजार आर्थिक सहयोगमा सो कार्यक्रम हुने हिजो ताङतिङमा आयोजित एक कार्यक्रममा आयोजक र स्थानियबीच सहमति भएको छ ।
कार्यक्रमलाई ग्रामीण जनताको उज्यालो बहुउद्देश्यीय सामुदायिक अध्ययन केन्द्र ताङतिङले स्थानिय संयोजनकर्ताको रुपमा सहयोग गरेको उक्त संस्थाका कोषाध्यक्ष डिल्लीजंग गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रम अन्तरगत ३० मिनेटको वृत्तचित्र निर्माण गर्ने र जस अन्तरगत स्थानियलाई क्यामेरा, स्क्रिप्ट लेखन र भिडियो सम्पादन सम्बन्धी तालिम दिईने छ ।

यस्तै गुरुङ संस्कृतिको संरक्षणको लागि समुह गठन गर्ने, संगीतका विभिन्न बाजाहरु मादल, हारमोनियम तथा पञ्चे बाजा संरक्षण र प्रर्बद्धनको निम्ति आर्थिक सहयोग गर्ने छ भने गाउँको विभिन्न स्थानमा सूचना सम्बन्धी डिस्प्ले बोर्ड राख्ने,

चोकचोकमा जस्ता पातामा ताङतिङ सम्बन्धी विभिन्न जानकारी लेखेर राख्ने, होम स्टे र होटलहरुको प्रबद्र्धनमा सहयोग गर्ने, ठाउँ ठाउँमा डष्टविन राख्ने तथा होटल एवम् होम स्टे सञ्चालकहरुलाई कुकु र हाउसकिपिङ सम्बन्धी तालिम प्रदान गरिने छ । सहयोगी दाताहरुलाई हिजो ताङतिङमा स्थानियले भव्य स्वागत गरेको थियो ।


आजको खबर
सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले सञ्चारकर्मीहरूको मानसिक स्वास्थ्य, सकारात्मक सोच र जिम्मेवार सञ्चारलाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार पोखरामा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न…
अझै पढ्नुहोस्Follow Us
सञ्चारिका समूह गण्डकीद्धारा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न
१६ श्रावण २०८३, शनिबार २२:२८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38