ताजा खबर

सगरमाथा आरोही गोपाल श्रेष्ठलाई पोखरा महानगरको सम्मान

   २३ जेष्ठ २०७६, बिहीबार १६:०४      2,499 views

सगरमाथाको सफल आरोहण गरेका एचआइभी संक्रमित गोपाल श्रेष्ठलाई पोखरा महानगरपालिकाले सम्मान गरेको छ ।

पोखरा ७ रत्नचोक निवासी श्रेष्ठलाई बिहीबार महानगरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले दोसल्ला ओढाएर सम्मान गरेका हन् । सगरमाथा चढेर पोखराको शानलाई उचो बनाएको भन्दै श्रेष्ठलाई महानगरले सम्मान गरेको हो । ५६ वर्षीय श्रेष्ठले गत जेठ ८ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको र महानगरको लोगो समेत फरफराएका थिए ।

कार्यक्रममा महानगरका प्रमुख जिसीले सगरमाथाको सफल आरोहरण गरेकोमा श्रेष्ठलाई बधाई दिँदै साहसका साथ धैर्य भएर लागि परेमा लक्ष्यमा पुग्ने सकिने सन्देश श्रेष्ठले दिएको बताए । ‘श्रेष्ठजी प्रेरणाको स्रोत हुनु भएको छ,’ जिसीले भने,‘कुनै रोग लाग्यो भन्दैमा हीनताबोध गर्नु हुन्न भन्ने सन्देश उहाँले गरेको सगरमाथा आरोहणले दिएको छ ।’ रोग लाग्दैमा कोही व्यक्ति पनि असक्ष वा कमजोर नहुने श्रेष्ठले प्रमाणित गरेको भनाइ जिसीको छ ।

कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै श्रेष्ठले पोखरेलीले गरेको मायाले नै आफूले सगरमाथाको सफल आरोहण गर्न सकेको बताए । ‘एचआइभी संक्रमितलाई समाजमा हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउन जरुरी छ’, श्रेष्ठले भने,‘ हामी पनि सवल छौं भन्ने सन्देश दिन सगरमाथा चढेको हुँ, मलाई सहयोग गर्ने सबैप्रति आभारी छु ।’ अनेक चुनौतीको सामना गर्दै सगरमाथाको चुचुरोमा पुगेको बताए । उनले आरोहण जाँदा आफूसँगै गएका सहयात्रीलाई गुमाउनु पर्दाको पीडा सुनाउँदा निकै भावुक भएका थिए भने कार्यक्रममा उपस्थितहरुको पनि आँखा रसाएका थिए ।

महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीले गोपाल पोखराको शान र गौरव भएको बताए । उनले गोपालको नाम वल्र्ड रेकर्डमा दर्ज हुने बताए ।

विगत २५ वर्षदेखि एचआइभी संक्रमित श्रेष्ठले सन् २०१५ मा सगरमाथा आरोहणको प्रयास गरेका थिए । त्यतिबेला भूकम्पका कारण आधार शिविरबाट फर्केका उनले आफ्ना ५ जना सहयात्रीलाई गुमाएका थिए । लक्ष्यबाट पछि हट्नु हुँदैन भन्दै उनी दोस्रो पटक एचआइभी संक्रमितहरुको प्रतिनिधित्व गर्दैै सगरमाथा चढ्न गएका थिए । एचआइभी संक्रमित भएर सगरमाथा चढ्ने उनी पहिलो हुन् ।

सन् २००३ मा आफू एचआइभी संक्रमित भएको सार्वजनिक गरेका उनी पूर्व राष्ट्रिय फुटबल खेलाडी हुन् । श्रेष्ठले सगरमाथा हिमाल आरोहण गर्नुअघि भर्जिन पिक, थोरङला पास, आइसल्यान्ड पिक लगायतका विभिन्न पिक र हिमालको आरोहण गरेका थिए ।

उनको आरोहणमा सहयोग गर्न पदम पहारीको अध्यक्षतामा समिति गठन गरिएको थियो । महानगरका प्रमुख जिसीको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका वडाध्यक्ष, कार्यपालिका सदस्य लगायतको उपस्थिति थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284