ताजा खबर

सबै संगठनलाई मिलाएर लैजाने दायित्व युनियनको काँधमा : सिग्देल

   ९ फाल्गुन २०७७, आईतवार १९:२६      1,075 views

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सबै संगठनलाई मिलाएर लिएर जाने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका सन्दर्भमा पोखरामा आज आइतबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले महासंघलाई सबै पत्रकारको साझा संस्था बनाउने गरी नेतृत्व युनियनले लिने उद्घोषण गरे ।

नेकपानिकट पत्रकारका २ संगठनले सहकार्यका लागि युनियनसँग छुट्टाछुट्टै प्रस्ताव गरेको भए पनि उनले युनियनको भूमिका सबै पत्रकारलाई मिलाएर लैजाने पक्षमा रहेको हुँदा आगामी परिस्थितिअनुसार निर्णय लिइने बताए ।


प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेलले संगठनप्रति बफादारसँगै क्रियाशील पत्रकारलाई संख्याले अगाडि बढाउने बताए ।


युनियनका महासचिव अजयबाबु शिवाकोटीले महासंघमा कसैबाट लिने गरी नभई आफूहरुले दिने गरी अन्य संगठनसँग सहकार्य गर्न सकिने बताए । उनले भने, ‘सहमतिका नाममा नेतृत्व दिन सकिँदैन । १२ वर्षदेखि गुमेको महासंगको नेतृत्व लिन युनियन एकतामा लाग्नुपर्दछ ।’


युनियन कोषाध्यक्ष सरोज अधिकारीले न्याय र विवेक प्रयोग गरी उम्मेदवार छनोट गर्न नेतृत्वलाई आग्रह गरे ।


युनियन कास्की अध्यक्ष नवीन सिग्देलले गठबन्धन नाममा संस्थालाई हित हुनुपर्ने बताए । उनले भने विगतको गठबन्धनको मूल्याङ्कन गर्दै अघि बढ्न नेतृत्वलाई आग्रह गरे ।


कार्यक्रमा केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी, दिलीप पौडेल, दिलीपाश्री अधिकारी, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवं युनियन सल्ल्लाका रवीन्द्र बास्तोला, पत्रकार महांघका पूर्व उपाध्यक्ष एवं युनियनका सल्ल्लाकार गंगाघर पराजुली, सल्लाहकार शिरोमणि बराल, तारा पाखे, डा बलराम उपाध्याय रेग्मी, पत्रकार महासंघ कास्की उपाध्यक्ष विमला भण्डारी, पत्रकार कमल पौडेल, हिमनिधि लौडारी, माधव रेग्मी, वासुदेव पौडेल, वेदनिधि तिमिल्सिना, कागे्रसका सञ्चार विभाग सदस्य कृष्ण थापा, युनियनका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, जिल्ला सचिव प्रदीप पौडेल, पत्रकार उत्तम पौडेलले युनियनलाई एकताबद्ध बनाएर लौजान नेतृत्वलाई सुझाव दिए ।


भेलामा पत्रकार महासंघ कास्कीमा साधारणसमेत रहेका युनियन निकट १ सय जना पत्रकारको सहभागिता थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284