ताजा खबर

समाजमा उत्कृष्ट योगदान पुरयाएका ३ वटा महिला समूह “जननी अवार्ड –२०७५ बाट सम्मानित

   २४ फाल्गुन २०७५, शुक्रबार २१:२६      2,902 views

उद्यमशीलता, स्वतन्त्रता र समानताको नारालाई आत्मसात् गर्दै स्थापना भएको रेडियो जननी ९०.६ ले १०९ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस एवं जननी अवार्ड २०७५ भब्य रुपमा मनाएको छ ।

श्रमिक महिला दिवस तथा आफ्नो पाचौँ वार्षिकोत्सवका अवसरमा रेडियोले समाजमा उत्कृष्ट योगदान पुरयाएको ३ वटा महिला समूहलाई “जननी अवार्ड –२०७५ बाट सम्मानित गरिएको थियो । सम्मानित हुने महिला समूहमा श्री नारी उत्थान दिदि बहिनी समूह पोखरा १७, मिलनशील महिला समुह पोखरा– ३० ढुंङ्गेपाटन र शिवालय महिला विकास बचत तथा ऋण सहकारी संस्था रहेको जननी अवार्ड–२०७५ का संयोजक तथा रेडियोका अनुगमन संयोजक सिता पाण्डेले बताउनुभयो ।


यसका साथै महिलाद्धारा संचालित महिलामात्रै कार्यरत रेडियो जननी ९०.६ ले अन्तराष्ट्रिय श्रमिक महिला दिवस एवं छैठौ स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका ११ महिलालाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा शैक्षिक तर्फ प्राध्यापक भगवती के.सी, उद्यमशिलता तर्फ सौन्दर्य व्यवसायी चिनु गुरुङ, महिला बालवालिका तर्फ गोर्खाका सम्झना देवकोटा, धार्मिक क्षेत्रबाट ब्रहमकुमारी पुनम गुरुङ, स्वास्थ्य क्षेत्रबाट जिता बराल, समाजिक क्षेत्रबाट ईश्वरी गुरुङ, पर्यटन क्षेत्रबाट सौमाया गुरुङ भट्टराई, अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रबाट अन्जना के.सी, साहित्य क्षेत्रबाट रमा परासर सुद, सहकारी क्षेत्रबाट पवित्रा के.सी, खेलकुद क्षेत्रबाट पुनम गुरुङ रहेको जननी सम्मान–२०७५ का संयोजक तथा रेडियोका संस्थापक एवं सल्लाहकार लक्की कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै यस वर्षको पद्यमावती अवार्ड २०७५ लेखनाथ हस्तकला उद्योगका किरण गौतमलाई प्रदान गरिएको छ ।
उहाँहरुलाई गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले दोसल्ला सम्मान पत्रले सम्मान गर्नु भयो । सम्मान कार्यक्रममा बोल्दै मन्त्री पुनले महिला विकासका लागि शिक्षाको महत्व औल्याउनु भयो ।

उहाँले महिला दया माया र सहानुभुतिको पात्र बनेर नभई प्रतिष्पर्धाबाट निर्णायक तहमा पुग्नु पर्ने भन्दै महिलालाई शिक्षानै आजको आवश्यक रहेको बताउनु भयो । आर्थिक परनिर्भरताले महिलालाई कमजोर बनाउने भन्दै उहाँले आर्थिक समृद्धिका लागि महिलाले क्षमता विकासमा जोड दिन आग्रह गर्नु भयो ।

कार्यक्रमका रेडियोका कार्यकारी निर्देशक एवं कार्यक्रम संयोजक सविता शेरचनले रेडियोले स्थापना काल देखि गर्दै आइरहेका हरेक रचनात्मक र सकरात्मक कार्यले महिला दिदिबहिनीहरुलाई समाजमा अगाडी बढ्न र उद्यमी बन्न प्रेरित गरेको गरेको बताउनुभयो ।

यसका साथै उहाँले अन्तराष्ट्रिय श्रमिक महिला दिवस एवं जननी अवार्ड २०७५ लाई भव्यताका साथ सम्पन्न गर्नका लागि सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी संघ संस्था तथा व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।



साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284