ताजा खबर

समाजसेवी कविता र लिनालाई तमु धिं नेपालमा स्वागत

   १७ मंसिर २०७६, मंगलवार ०८:३५      1,315 views

तमु ट्हो ह्युला हङकङ महिला विभाग अध्यक्ष कविता गुरुङ र तमु धिं युके आमा समुहकी सहसचिव लिना गुरुङलाई तमु धिं नेपालमा स्वागत गरिएको छ।

घर बिदामा पोखरा आउनुभएकी समाजसेवी दुई दिदिबहिनीलाई पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले खादा, घलेक र क्रमुसहित मायाको चिनोले स्वागत गरेको हो।

तमु ट्हो ह्युला हङकङ महिला विभाग अध्यक्ष कविता गुरुङले स्वागत पश्चात भन्नुभयो, म पहिलो पटक तमु धिं नेपालमा प्रवेश गर्ने अवसर प्राप्त भएकोमा आभारी छ। तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले स्वागत गर्नुभएकोमा गौरब भएको महसुस भएको भन्दै तमुहरु जहाँ रहे पनि एक हुनुपर्ने बताउनुभयो।

स्वदेश र विदेशमा रहेका तमु संघ संस्थाहरुको सहकार्य आवाश्यक रहेको बताउदै तमु ट्हो ह्युला हङकङ महिला विभागको आयोजनामा पहिलो पटक हङकङमा आयोजित कार्यक्रममा तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले आतिथ्यता स्विकार गर्नुभएकोमा हार्दिक आभार समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले समाजसेवी बाबाको अन्त्यन्तै संस्कार छोरीद्वयले हङकङ र युकेमा समाजसेवीमा जुटेकोमा बधाई दिनुभयो। उहाँले समाजसेवा मात्र नभए हङकङमा कविताले व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो।

उहाँले भन्नु भयो तमुहरु जहाँ रहे पनि समुहमा बस्ने जाति भएकाले हङकङमा तमु ट्हो र तमु समाज दुईतिर नभई एकता हुन आग्रह गर्नुभयो। तमु ट्हो ह्युला हङकङ महिला विभागको आमन्त्रणमा हङकङ पुग्दा अत्यन्तै हार्दिक स्वागत सम्मानप्रति आभार व्यक्त गर्नुभयो। जहाँ रहे पनि तमुहरु एक भए मात्र अधिकार पाउने, राज्यले सम्बोधन गर्दछ अन्यथा तमुहरु सधै पछि परिरहने बताउनुभयो।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव गिरीप्रसाद गुरुङले गर्नुभएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284