ताजा खबर

सहारा यूके लगाएत यूके बाट आएका सहयोगीहरुले गरे सहारा एकेडेमीको भ्रमण

   ११ फाल्गुन २०७५, शनिबार २२:३०      2,539 views

यूके बाट सहारा क्लब द्वारा संचालित १७ औं आहा ! रारा फुटबलका लागि आएका सहारा यूके लगाएत यूके बाट आएका अन्य सहयोगीहरुले शनिबार दोविल्ला स्थित सहारा एकेडेमीको निरिक्षण भ्रमण गरेका छन ।

सो अवसरमा सहारा यूकेका नव निर्वाचित अध्यक्ष कुमार गुरुङले सहारा क्लब द्वारा संचालित सहारा एकेडेमीमा उद्धेश्य परिपुर्तीका लागि अगाडी बढीरहेकोमा प्रशंसा गर्दै आगामी दिनमा समेत सहयोगका हातहरु अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्दै भनेका छन–“आगामी दिनमा समेत सहाराको अक्षय कोष २ करोडको लक्ष्य पु¥याउन सहयोग जुटाउने प्रयासहरु जारी रहनेछ ।”
कार्यक्रममा तमु धी जापानका अध्यक्ष श्री भक्त गुरुङले नेपालमा पहिलो पटक सुव्यवस्थित र नमुना एकेडेमी संचालन भएको देख्न पाउँदा निकै खुसी लागेको बताउँदै जापान बाट समेत एकेडेमीका लागि सहयोग जुटाउन आफूले पहल गर्ने बताए ।


सहारा एकेडेमी भ्रमणका लागि पुगेका गिनिज बुक्स अफ वल्र्ड रेकर्ड किर्तिमानधारी धावक ले.कुशाङ गुरुङले अक्टोबर २०१९ मा यूकेमा आयोजना हुने च्यारिटी म्याराथनमा सहारा एकेडेमीका लागिे अक्षयकोष जुटाउन सक्दो पहल गरिने जानकारी दिए ।

सो अबसरमा एनआरएन यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, सहारा यूकेका महासचिब धनु पुरन थकाली, सल्लाहकार चन्द्रमान गुरुङ, योगश गुरुङ, कमल गुरुङ, भानु गुरुङ थकाली, लालकाजी गुरुङ, जगन गुरुङ, सहारा एफसीका अध्यक्ष कृष्ण गुरुङ लगाएत उनीहरुका परिवार सहित १८ जना सहभागी थिए ।


उनीहरुले भ्रमणका क्रममा एकेडेमीमा आश्रीत विपन्न परिवारका बालकहरुलाई खाजा समेत वितरण गरे । कार्यक्रममा एकेडेमीमा आश्रित कमल शोमे मगरले सम्पूर्ण बालकहरुका तर्फ बाट भनाई राख्दै सहयोगीहरुले देखाएको चासो र सन्दर्भप्रती आपूmहरुले थप मिहनेतका साथ अगाडी बढ्ने बताए ।


भ्रमणमा आएका सहयोगीहरुलाई सहारा क्लबका अध्यक्ष केशव वहादुर थापा, क्लबका पूर्व अध्यक्ष एवम एकेडेमीका संयोजक विक्रम थकाली, महासचिब विश्वराज बराल लगाएतले भ्रमणमा आएकाहरुलाई स्वागत गर्दै सम्पूर्णमा आभार व्यक्त गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284