ताजा खबर

सांसद रीना गुरुङद्धारा तमू सञ्चारकर्मी संघ चितवनका लागि १ लाख रुपैयाँको अक्षयकोष घोषणा

   ६ असार २०७९, सोमबार २१:०९      905 views

भरतपुर

बागमती प्रदेश सभा सदस्य रीना गुरूङले तमू सञ्चारकर्मी संघ (एटजोन) चितवनको लागि अक्षयकोष स्थापना गरिदिने भएको छ ।

सोमबार संघको जिल्ला शाखाको पदाधिकारी तथा केन्द्रीय समितिका सचिव एवम् कार्यसमिति सदस्यहरूसँगको विशेष भेटका क्रममा राप्रपाकी केन्द्रीय सह–महामन्त्रीसमेत रहेकी सांसद गुरूङले आफ्नोतर्फबाट संघको लागि जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएकी हुन् ।

नेतृ गुरूङले कम्तिमा पनि एक लाख रूपैयाँ बराबरको अक्षयकोष स्थापना गरिदिने बचन दिएकी हुन् ।


चितवन जिल्लामा पनि तमू (गुरूङ) समुदायबाट सञ्चारकर्ममा लागेका व्यक्तिहरूको उत्थान र संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिदिने योजना बनाएको उनले बताइन् । ‘मेरो सोच र योजना धेरै पुरानो हो, तर बल्ल अवसर जुरेको छ,’ उनले भनिन्, ‘म आफैँ पनि सञ्चारकर्ममै रहेको व्यक्ति भएकोले आफ्नै क्षेत्रको लागि केही न केही गर्नुपर्छ भनेर लागेकी छु ।’

सोमबार भएको भेटघाटमा एटजोन चितवनका अध्यक्ष तुलमान गुरूङ, सचिव राजनदिल गुरूङ, सह–सचिव गीता गुरूङ, सदस्यहरू ममता गुरूङ र कमला गुरूङ तथा केन्द्रीय सचिव चित्र ‘सोल्टी’ गुरूङ, केन्द्रीय सदस्य सीतादेवी तमुस्यो, तमू (गुरूङ)लगायतको उपस्थिति थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284