ताजा खबर

साझा उद्देश्य आमा समुह हङकङद्धारा खिलाङ गाउँका ५ जना विरामीलाई आर्थिक सहयोग

   १० आश्विन २०७६, शुक्रबार २१:५६      1,672 views

हङकङमा स्थापित भएको साझा उद्देश्य आमा समुह हङकङले कास्कीको मादी गाउँपालिका वडा नं. १ खिलाङका विभिन्न दीर्घ रोगले थलिएका ५ जना विरामीलाई आर्थिक सहयोग गरेको छ ।

आर्थिक अवस्था एकदमै कमजोर भएका उनीहरुलाई उपचार गर्न र जिविकोर्पाजन गर्न सारै गाह्रो भएपछि खिलाङ गाउँका चेली तथा साझा उद्देश्य आमा समुह हङकङका अध्यक्ष इन्द्रकुमारी गुरुङको पहलमा समुहले संकलन गरेको ३ लाख ५७ हजार एकसय २५ रुपैंया आज खिलाङ तमू समाज पोखरामा एक कार्यक्रमको आयोजना गरि सम्बन्धित विरामीलाई हस्तान्तरण गरिएको छ ।

साझा उद्देश्य आमा समुह हङकङका कोषाध्यक्ष लक्ष्मी गुरुङ र सदस्य शोभा गुरुङको उपस्थितीमा सो रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा मादी १ का वडा सदस्य टिकाराम गुरुङ, युवा समाजसेवी टेकेन्द्र गुरुङ लगायतले समाज र विरामीको तर्फबाट सहयोगी दाताहरुलाई आभार व्यक्त गर्नुभएको थियो ।
खिलाङ तमू समाजका अध्यक्ष क्या.गणेश गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284