ताजा खबर

सातामा दुई दिन विदा दिने सरकारी प्रस्ताव स्वागत योग्य छ, शीघ्र कार्यान्वयन गरियोस : होटल संघ

   २३ आश्विन २०७७, शुक्रबार १२:२२      1,060 views

सातामा दुई दिन विदा दिने सरकारी प्रस्ताव स्वागतयोग्य भएको भन्दै यसलाई पारित गरी शीघ्र कार्यान्वयनमा ल्याउन पश्चिमाञ्चल होटल संघ पोखराले माग गरेको छ ।

संघले हालै एक विज्ञप्ति जारी गरी हप्तामा २ दिन सार्वजनिक विदा दिने प्रस्ताव अत्यन्त व्यवहारिक र समय सान्दर्भिक रहेको भन्दै हार्दिक आभार प्रकट गरेको छ ।


संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट यस प्रस्तावलाई सर्वसम्मत पारित गर्न नेपाल सरकारसँग जोडदार माग गर्न चाहन्छौं, संघका अध्यक्ष विकल तुलाचनले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।


सो प्रस्ताव कार्यान्वयनमा आएमा पर्यटन क्षेत्र चलाएमान भई व्यवसायीहरु पलायन हुन बाट रोकिने, यसमा निर्भर लाखौं प्रत्यक्ष तथा परोक्ष दक्ष श्रमिकहरु रोजगारका लागि विदेश जानु पर्ने बाध्यात्मक अवस्थामा न्यूनता आउने र स्वरोजगार बनेका अन्य ठूला तथा साना व्यवसायीहरुलाई समेत राहत पुग्ने अध्यक्ष तुलाचनले बताए ।


जारी विज्ञप्तिमा थप भनिएको छ– ‘कोभिड–१९ बाट प्रभावित व्यवसायीहरुलाई लक्षित गरी पर्यटन मन्त्रालयबाट आएको यस प्रस्तावले पर्यटन तथा होटल उद्योगमा व्याप्त संकटलाई जोगाउन विशेष भूमिका रहने हुँदा हप्तामा २ दिन सार्वजनिक विदा घोषणा गर्न नेपाल सरकार समक्ष हार्दिक अपिल गर्दछौं ।


छिमेकी तथा तेस्रो मुलुकबाट आगमन हुने पर्यटकहरु र अन्य विविध समस्याहरुलाई मध्यनजर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट आन्तरिक पर्यटन प्रवद्र्धन गरी पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्धेश्य उल्लेखित प्रस्तावमा अन्तर्निहित हुनु सकारात्मक पक्ष हो ।’


यसैविच संघीय सरकारले विशेष गरी पर्यटन तथा होटल व्यवसायलाइ कोभिड–१९ को कारण अति प्रभावित उद्योग व्यवसायको रुपमा वर्गिकरण गरी व्यवसायलाई पनर्जागरण र पुनःउत्थान गर्न १ खर्ब रुपैयाँको पुनर्कर्जा प्रदान गर्ने व्यवस्थाप्रति पनि संघले सकारात्मक भनाई राखेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284