साहित्यकार उजीर रानालाई मगर आदिकवि रेखबहादुर पुरस्कार
नवलपुर निवासी मगर साहित्यकार उजीर रानामगरलाई यस वर्षको “मगर आदिकवि सु. रेखबहादुर सारूमगर स्मृति साहित्य पुरस्कार–२०७६” प्रदान गरिने भएको छ ।

नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश समितिको शनिबार पोखरामा सम्पन्न बैठकले साहित्यकार रानामगरलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष धिरेन्द्र थापामगर “किसानी”ले जानकारी दिनुभयो ।
संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर संयोजकत्वको प्रतिभा छनौट समितिले साहित्यकार रानामगरलाई पुरस्कार दिन सिफारिस गरेको थियो । प्रतिभा छनौट समितिमा प्रदेश समितिकी निवर्तमान अध्यक्ष गीता थापामगर र अध्यक्ष धिरेन्द्र थापामगर “किसानी” सदस्य रहनुभएको थियो ।
साहित्यकार रानामगरलाई यही भदौ २८ गते मगर भाषाका आदिकवि रेखबहादुरको ७६ औं जन्मजयन्तीका अवसरमा सो पुरस्कार प्रदान गरिने सचिव कृष्ण थापामगर “मीगीन”ले जानकारी दिनुभयो । पुरस्कारको राशि सात हजार रुपैयाँ नगद, सम्मानपत्र र भाङ्ग्राले पुरस्कृत साहित्यकारलाई सम्मान गरिने उहाँले बताउनुभयो ।
यस पुरस्कारबाट यसअघि, फूलकुमारी थापामगर, लोकबहादुर थापामगर र रूद्रबहादुर हितानमगर सम्मानित भइसक्नुभएको छ ।
आजको खबर
सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले सञ्चारकर्मीहरूको मानसिक स्वास्थ्य, सकारात्मक सोच र जिम्मेवार सञ्चारलाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार पोखरामा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न…
अझै पढ्नुहोस्Follow Us
सञ्चारिका समूह गण्डकीद्धारा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न
१६ श्रावण २०८३, शनिबार २२:२८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38