ताजा खबर

साहित्यकार तीर्थ गुरुङलाई ‘गौरी तमू लेखनवृत्ति पुरस्कार’ प्रदान गरिने

   १६ चैत्र २०७८, बुधबार ०९:०३      650 views

यसवर्षको ‘गौरी तमू लेखनवृत्ति पुरस्कार २०७८’ साहित्यकार तीर्थ गुरुङलाई प्रदान गरिने भएको छ ।

कास्कीको मादी गाउँपालिका १, सिक्लेस घर भएका गुरुङलाई मञ्चको ५औं स्थापना दिवसको दिन चैत २१ गते पोखरामा आयोजना गरिने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने भएको हो ।

पुरस्कारको राशी ३५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यस पुरस्कारका लागि मञ्चका अध्यक्ष गौरी तमूले ४ वर्ष अगाडि ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । साहित्य लेखनमा लागेका गुरुङ स्रष्टाहरुलाई प्रदान गर्ने गरी स्थापना गरिएको यो पुरस्कार गुरुङ समुदायकै पहिलो साहित्यिक पुरस्कार हो ।


यस पुरस्कारबाट गुरुङ समुदायको प्रतिनिधित्व गर्दै गुरुङ तथा नेपाली साहित्यमा योगदान पुर्याउने व्यक्तिलाई हरेक २÷२ वर्षमा पुरस्कृत गरिने मञ्चले जनाएको छ ।


गौरी तमूले २०७४ सालमा मुक्तक विधामा नेपालकै पहिलो गुरुङ ( नेपाली भाषाको द्विभाषिक मुक्तक सङ्ग्रह ‘समैं दर्बानी’ प्रकाशित गर्नुभएको थियोे । उक्त मुक्तक सङ्ग्रह बिक्रीबाट प्राप्त रकम र कृतिलाई विभिन्न संघसंस्थाबाट प्रदान गरिएको प्राप्त सम्मान तथा नगदबाट उहाँले ‘गौरी तमू लेखनवृत्ति पुरस्कार’ को अक्षयकोष स्थापना गर्नुभएको हो ।

अध्यक्ष तमूले आफ्नो नाम वा प्रचारप्रसार होला भनेर नभई उक्त समयमा गुरुङ समुदायका स्रष्टालाई प्रोत्साहन दिने खालका कुनै पनि पुरस्कारहरु स्थापना नभएको अवस्थामा गुरुङ कवि,लेखकलाई थप प्रोत्साहन होस् भनी अक्षयकोष स्थापना गरिएको बताउनुभयो । उक्त पुरस्कारबाट २ वर्ष अघि कवि छम गुरुङ पुरस्कृत भइसक्नुभएको छ ।


गुरुङ समुदायको प्रतिनिधित्व गर्दै मूलधारको साहित्य लेखनमा सक्रिय तीर्थ गुरुङको ‘पाठशाला’ उपन्यास मदन पुरस्कारमा मनोनित भएको थियो । मदन पुरस्कारका लागि छनौटमा पर्नुभएका उहाँ गुरुङ समुदायकै पहिलो लेखक हुनुहुन्छ । उहाँको पछिल्लो समय ‘आपा क्हार्पा’ नामक कथा संग्रह प्रकाशित छ । गतबर्ष प्रकाशित ‘आपा क्हार्पा’ मूल धारको साहित्यतर्फ गुरुङ जातिको संस्कृतिलाई समेटेर लेखिएको पहिलो आख्यान हो छ ।


पुरस्कृत व्यक्ति छनौटका लागि मञ्चका सल्लाहकार एकेन्द्र गुरुङको संयोजकत्वमा सदस्यहरु सल्लाहकार भीम गुरुङ, शान्ति गुरुङ, पदेन सदस्य (मञ्चका अध्यक्ष) गौरी तमू, सदस्य सचिव रोशनी गुरुङ (मञ्चका महासचिव) रहेको ५ सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको थियो । समितिको बैठकले आख्यानकार तीर्थ गुरुङलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

चैत २१ गते स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङबाट पुरस्कार प्रदान गरिनेछ ।साथै बिहान ११ बजे गुरुङ चलचित्रमा मौलिकता शीर्षकमा पहिलो चरणको औपचारिक कार्यक्रमको आयोजना हुनेछ । दोस्रो चरणमा गुरुङ साहित्य र पहिचान विषयमा अन्तरक्रिया हुने छ । कार्यक्रम होटल टास्क इन्टरनेश्नल, लेकाली चुल्हो घरमा हुनेछ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284