सिक्लेसमा २ करोडको लागतमा नम्जु च्युउली युँउला क्होईबु बन्दै, एकैदिन १ करोड संङकलन
कास्कीको मादी गाउँपालिका वडा नं. १ सिक्लेसमा करिब २ करोडको लागतमा नम्जु च्युउली युँउला क्होईबु निर्माण हुने भएको छ ।

तमू जातिको मौलिक र कुल धर्म बोन धर्मको संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सो क्होइबो निर्माणको सहयोगार्थ आज पोखरामा रहेको चिउली पार्चे तमू समाज घरमा एक भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम मार्फत आज एकदिनमा मात्रै १ करोड ४ लाख ४६ हजार आर्थिक सहयोग प्राप्त भएको नम्जु च्युउली युँउला क्होईबुका अध्यक्ष तथा पच्यु गुरु कुलप्रसाद क्रोम्छे तमूले जानकारी दिनुभएको छ ।

कार्यक्रममा क्होइबो निर्माणको लागि भन्दै सिक्लेस हर्पुथर क्रोम्छे परिवारबाट ५ लाख रुपैंया प्राप्त भएको छ । सोहि परिवारको क्रोम्छे चेलिबेटीबाट २ लाख ५ हजार सहयोग प्राप्त भएको छ । यस्तै सभाथर भाइखलकबाट ५ लाख ५९ हजार १ सय १० रुपैंया प्राप्त भएको छ भने कास्कीको मिर्सा गाउँका क्रोम्छै भाइखलकबाट ५० हजार र सोहि खलकको चेलिबेटीबाट २५ हजार प्राप्त भएको छ ।

यस्तै चन्द्रबहादुर गुरुङबाट ५ लाख प्राप्त भएको छ भने क्होइबोका अध्यक्ष कुलप्रसाद क्रोम्छे तमूबाट व्यक्तिगत ३ लाख तथा उहाँका छोरी ज्वाईहरु रुपा क्रोम्छे, टिका क्रोम्छे र प्रमिला क्रोम्छे हाल हङकङकबाट गरि रु. ६ लाख रुपैंया प्राप्त भएको छ ।
यस्तै हङकङबाट नै शेरबहादुर क्रोम्छेबाट १ लाख, मायाकुमारी क्रोम्छेबाट १ लाख, यस्तै वीरध्वोज गुरुङबाट १ लाख, सुजन र निशान थापाबाट १ लाख, टेकसिंह क्रोम्छेबाट २ लाख लेखबहादुर क्रोम्छेबाट २० हजार, अरुण क्रोम्छेबाट १ लाख, तेजबहादुर क्रोम्छेबाट १ लाख, संगीता क्रोम्छेबाट १ लाख, पूर्णबहादुर क्रोम्छेबाट १ लाख, होमाया क्रोम्छेबाछ १ लाख तथा अन्य सहयोगदाताबाट समेत गरी हङकङबाट मात्रै २० लाख रुपैंया आर्थिक सहयोग प्राप्त भएको छ ।

कार्यक्रममा गुनश्री गुरुङ अमेरिकाबाट १ लाख, हाईसुब्बा गुरुङ सितलादेवीबाट ५० हजार, चुरमान गुरुङबाट ५० हजार, गोपीराज गुरुङबाट १० हजार, बेलबहादुर गुरुङ सितलादेवीबाट १० हजार, इन्द्रकुमारी गुरुङबाट १० हजार, बबी गुरुङबाट १० हजार, लालकुमारी गुरुङबाट १० हजार र सु.रनबहादुर गुरुङबाट १० हजार प्राप्त भएको छ ।
यस्तै घान्द्रुक गरब्जा चेलीबेटीबाट ५० हजार, काजी गुरुङ अर्मलाबाट ५० हजार प्राप्त भएको छ भने अन्य थुप्रै चन्दा दाताहरुले क्होइबो निर्माणको लागि आर्थिक सहयोग गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

नम्जु च्युउली युँउला क्होईबुका अध्यक्ष कुलप्रसाद गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा समाजका युवा कलाकारहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । भने कार्यक्रमको सञ्चालन चलचित्र निर्देशक एवम् संस्कृतिकर्मी कृष्णकुमार गुरुङले गर्नुभएको थियो ।
आजको खबर
सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले सञ्चारकर्मीहरूको मानसिक स्वास्थ्य, सकारात्मक सोच र जिम्मेवार सञ्चारलाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार पोखरामा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न…
अझै पढ्नुहोस्Follow Us
सञ्चारिका समूह गण्डकीद्धारा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न
१६ श्रावण २०८३, शनिबार २२:२८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38