सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

सोमबार दुईजनाको शव फेलापरेसँगै मृतकको संख्या १९ पुगेको हो । सोमबार सुनकोसी नदीले बगाएर ल्याएको अवस्थामा सिन्धुलीको नेपालथोकमा एकजना र अर्का एकजनाको शव घटनास्थलबाट केही तलमात्रै भेटिएको प्रहरीले जनाएको छ ।
सोमबार शव भेटिएका दुईजनाको परिचय खुल्न नसकेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
आइतबार मृत्यु हुनेमा एक पुरुष, सात महिला, ६ बालक र तीन बालिका रहेका थिए । आइतबार मृत्यु भएका १७ जनाकै सनाखत भइसकेको छ ।
दुर्घटनामा परी ५२ जना घाइते भएका छन् । तीमध्ये तीनजनाको धुलिखेल अस्पतालमा र दुईजनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । अरु घाइतेलाई काठमाडौंका विभिन्न अस्पतालमा ‘रिफर’ गरिएको छ ।
आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रीवाहक बस सुनकोसी नदीमा खसेको थियो ।बसमा ६५ भन्दा बढी यात्री सवार रहेको अनुमान गरिएको छ । बस सडकबाट करिब १०० मिटर तल सुनकोसीमा खसेर दुर्घटना भएको थियो ।
आजको खबर
सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले सञ्चारकर्मीहरूको मानसिक स्वास्थ्य, सकारात्मक सोच र जिम्मेवार सञ्चारलाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार पोखरामा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न…
अझै पढ्नुहोस्Follow Us
सञ्चारिका समूह गण्डकीद्धारा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न
१६ श्रावण २०८३, शनिबार २२:२८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38