ताजा खबर

स्टेप वाई स्टेप मा. वि. मा आजदेखि स्र्पोट मिट शुरु

   ७ माघ २०७५, सोमबार १८:३६      2,986 views

पोखरा मासबारमा रहेको स्टेप वाई स्टेप मा.वि.मा आजदेखि स्र्पोट मिट शुरु भएको छ । कक्षा ३ देखि १२ सम्मका विद्यार्गीलेस्पोर्ट मिटमा भाग लिने छन । खेलकुदले शारीरिक र मानसिक तन्दुरुस्ती राख्ने भएकोले स्वास्थ्य जीवनका लागि खेलकुद आवश्यक छ भन्ने उदेश्य राखी खेलकुद प्रतियोगिता आयोेजना गरिएको विद्यालयले जनाएको छ । संघिय प्रहरी इकाई कार्यालय पोखरा ७ को मैदानमा सुरु भएको खेलकुद प्रतियोगीता पर्सिसम्म सञ्चालन हुने छ । प्रतियोगीतामा करीब ८ सय विद्यार्र्थीहरुले भाग लिने छन् ।


फुटबल, भलिबल, टेबल टेनिस, बास्केटवल, टकअफ बार, म्याथ रेस, १०० मिटर दौड, २०० मिटर दौड आदि खेलहरु ख्ोलाइने खेल संयोजक विमल गुरुङले जानकारी गराउनु भयो । आइन्स्टाइन, मार्कोनी, न्युटन र ग्यालीलियो गरी ४ सदनमा विद्यार्थी छुट्याई खेलहरु खेलाइएका छन् ।


संघीय प्रहरी इकाइ कार्यालय पोखरामा वरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद चौधरीले कार्यक्रमको उद्घाटन गदै खेलकुदले स्वास्थ्यको लागि मात्र नभई देशको पहिचान गर्न सफल हुने कुरा बताउदै निजी क्षेत्रमा सञ्चालित स्टेप वाई स्टेप मावि पढाइको साथ साथै खेलहरुमा पनि अगाडि बढेकोमा बधाई तथा शुभकामना प्रदान गर्नुभयो । संस्थापक निर्देशक रमाकान्त बरालले पढाई र खेलकुद एक आपसका परिपुरक भएकोले सम्पूर्ण विद्यार्थीहरुले खेलकुदमा पनि भाग लिनुपर्ने बताउनुभयो ।


विद्यालयका संस्थापक प्राचार्य निर्मला बरालले खेलकुदको माध्यमबाट धेरै देशहरुले उन्नति गरेको भन्दै नेपालमा विद्यालय तहबाटै यसको विकास हुन सके देशकै विकास हुने बताउनुभयोे ।

कार्यक्रममा अञ्चल शसस्त्र प्रहरी गुल्मका प्रमुख बसन्तबहादुर राना, विद्यालयका भाइस प्रिन्सिपल दिपक गिरी, संयोजक सूर्यप्रसाद लम्साल, शिक्षक विरेन्दराज बराल, इन्दिरा बराल, लगायतले बोल्नु भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284