ताजा खबर

स्मार्ट शहर निर्माणका लागि मिलेर काम गरौ , प्रमुख जिसी

   ५ फाल्गुन २०७५, आईतवार २१:३१      1,461 views

पर्यटकीय शहर पोखरामा स्मार्ट पर्यटकीय गन्तब्य बनाउने उद्देश्यले उत्तर कोरियाबाट प्राविधि टोली पोखरा आएको छ । इन्छन नेशनल विश्वविद्यलायका प्रो.डा चोसको नेतृत्वमा आएको नौ सदस्य टोलीलाई पोखरा आएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई स्मार्ट सिटि बनाउने योजना सहित काम भैरहेको बताएका छन् । उत्तरकोरियबाट आएको प्राविधिक टोलिसंगको भेटमा प्रमुख जिसीले भने, ‘पोखरालाई प्रविधिमैत्री शहरको सपना हामीले देखिसकेका छौ र त्यसका लागि काम अगाडी बढेको छ ।’


उनले उत्तर कोरियासंग स्मार्ट शहरका लागि मिलेर काम गर्न तयार रहेको बताए । स्मार्ट शहर बनाउने प्रारुप तयार गरेका छौ, कोरिया प्रविधिमा अगाडी बढेको देश भएकाले मिलेर काम गर्न सक्छौ । पोखराको पर्यटन विकासको इतिहास लामो नभएपनि त्यस क्षेत्रमा काम गरेका अनुभवी ब्यक्ति रहेको बताउदै केही गर्न सकिने बताए ।

उनले पोखराको पर्यटनको गुरुयोजना बनाएर त्यही अनुसार अघि बढदा नतिजामुखी हुने बताए । ‘गुरु योजना बनाएर काम गर्दा राम्रो हुन्छ, त्यसैले उत्तर कोरियासंग मिलेरका काम गर्न तयार छौ ।’ उनले पोखरालाई पर्यटकीय गन्तब्य वा ट्रान्जिट बनाउने भन्ने बारे छलफल गरेर प्रविधिमैत्री बनाउन सहयोग गर्न आग्रह गरे ।


‘प्रविधिमा हामी कमजोर छौ हाम्रो अनुभव र कोरियाको प्रविधिसंग काम गर्दा राम्रो हुन्छ ।’ प्रमुख जिसीले आफना लागि काम गर्ने समय अव तीन वर्षमात्रै बाँकी रहेकाले नतिजा निकाल्ने गरि काम गर्न तयार रहेको बताए । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले पर्यटकीय पूर्वाधार निर्माण र प्रविधिसंग जोडेर शहर र नागरिकलाई स्मार्ट बनाउने तर्फ महानगर लागि रहेको बताइन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284