स्याङ्जाको पुतलीबजार ४ बरबोटमा मगर भाषा कक्षा सुरु
स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ४, बरबोटमा १० दिने मगर भाषा कक्षा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

शुक्रबारदेखि सुरु भाषा कक्षा अभिमुखीकरणको उद्घाटन गर्दै वडाध्यक्ष ओमबहादुर खड्काले आफ्नो जातीय मातृभाषाप्रति गर्व गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । वडाले कुनै पनि लक्षित वर्गलाई नछुटाइकन बजेट विनियोजन गरेको भन्दै वडाध्यक्ष खड्काले यसपाली मगर भाषा संरक्षणमा कम बजेट भएपनि आगामी वर्षदेखि आवश्यकता हेरी बजेट बढाउन सकिने भनाइ राख्नुभयो । थोरै बजेट भएपनि सदुपयोग गर्न आग्रह गर्दै वडाध्यक्ष खड्काले आगामी वर्षमा माग गरेको खण्डमा कार्यक्रमको आवश्यकता हेरेर बजेट वृद्धि गर्न सक्ने बताउनुभयो ।
वडा सदस्य डोलराज गौतमले वडाभित्र रहेको एक मात्र आदिवासी जनजाति समुदाय मगर भएको भन्दै मगरको पहिचान संरक्षण गर्न वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मगर भाषा प्रशिक्षक रूद्रबहादुर श्रीसमगरले लोपोन्मुख हुँदै गएको मगर भाषाको संरक्षणका लागि वडाले देखाएको चासोप्रति धन्यवाद व्यक्त गर्दै सम्बन्धित सरोकारवाला समुदाय पनि भाषा संरक्षणका लागि उत्तिकै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
१० दिनसम्म चल्ने मगर भाषा कक्षामा प्रशिक्षक श्रीसमगरले प्रशिक्षण दिनुहुनेछ । पुतलीबजार नगरपालिकाको वडा नं. ४ मा जम्मा १५ घरधुरी मात्र मगर जातिको बसोबास रहेको छ । जसमा पूराना पुस्ताले मगर भाषा बोल्न जानेपनि नयाँ पुस्ताका कसैले पनि मगर भाषा बोल्न जान्दैनन् । बरबोट मगर समूहकी अध्यक्ष निर्मला रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कुमार थापामगरले गर्नुभएको थियो ।

आजको खबर
सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले सञ्चारकर्मीहरूको मानसिक स्वास्थ्य, सकारात्मक सोच र जिम्मेवार सञ्चारलाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार पोखरामा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न…
अझै पढ्नुहोस्Follow Us
सञ्चारिका समूह गण्डकीद्धारा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न
१६ श्रावण २०८३, शनिबार २२:२८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर

साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38