ताजा खबर

स्व.सुर्यकुमारी गुरुङको स्मृतिमा सिद्ध युवा क्लबले सञ्चालन गर्ने गरि १ लाखको अक्षयकोष स्थापना

   १६ आश्विन २०७७, शुक्रबार २०:२३      1,378 views

गुरुङ फिल्म एशोसियशन नेपाल जिफानका महासचिव एवं गायक तथा सङ्गीतकार मनोज गुरुङ र उहाँको परिवारले आफनी स्वर्गीय आमा सुर्यकुमारी गुरुङको स्मृतिमा १ लाख १ सय १ रुपैंयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

सो अक्षयकोषको चेक आज पोखरामा आयोजित श्रद्धाञ्जली अर्पण समारोहमा कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरा २८ बेत्यानीमा रहेको सिद्ध युवा क्लबका अध्यक्ष विजय गुरुङलाई हस्तान्तरण गर्नुभएको छ ।


सो अवसरमा बोल्दै प्रमुख अतिथि जिसीले मान्छे गरिब परिवारमा जन्मेर गरिब हुन्छ भन्नु गलत रहेको भन्दै सीप, ज्ञान र क्षमता अभिवृद्धि नगर्ने मानिस समाजका खास गरिबहरु हुने भन्दै सबै जनाले आफनो व्यक्तित्व विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।


आफू त्यही जन्मेर हुर्केको मान्छे भएकोले पोखरा २८ मा कहाँ के कस्तो समस्य छ भन्ने कुरा राम्री बुझेको भन्दै अबको एक दुई वर्षसम्म नतिजा आउने गरि त्यहाँ विकास निर्माणको काम सम्पन्न हुने बताउनुभयो ।


गायक मनोज गुरुङ आफनो कला र गलाले देश विदेशमा स्थापित भईसकेको भन्दै उहाँ समाजको साझा सम्पत्ति भएको र आमाप्रतिको सम्मानमा अक्षयकोष स्थापना गरेर असल सुपुत्रको उद्हारण देखाएको भन्दै आउने दिनमा आफनो वार्षिक आम्दानीको केही हिस्सा अक्षयकोषमा अझै थप्दै जानुपर्ने बताउनुभयो ।

अक्षयकोष बारे प्रकाश पार्दै स्व.सुर्यकुमारी गुरुङका जेष्ठ सुपुत्र एवं गायक तथा सङ्गीतकार मनोज गुरुङले आमा भन्ने शब्द आफूसँग हुँदा भन्दा आफूसँग नहुँदा महत्व बढेर आउने भन्दै आमाको स्मृतिमा आमाकै नाममा बचत रहेको रकमबाट सो अक्षयकोष स्थापना गरिएको बताउनुभयो ।


कार्यक्रमा गुरुङ फिल्म एशोसियशन नेपाल जिफानका अध्यक्ष भोजबहादुर गुरुङले आफनो व्यक्तिगत र संस्थागत दुवैको तर्फबाट स्व.आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्नुभयो ।

पोखरा २८ का समाजसेवी बैनबहादुर गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रमको समापन पोखरा २८ का युवा नेता सुर्यप्रकाश तिवारीले समापन गर्नुभएको थियो । अक्षयकोषको रकमबाट क्लबले खेलकुद, शिक्षा, स्वास्थ्य लगायतको विभिन्न क्षेत्रमा काम गर्ने बताइएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284