ताजा खबर

हङकङ तरहरा हाँसपोसा मञ्चद्धारा इटहरी उपमहानगरपालिकालाई आर्थिक सहयोग

   २८ चैत्र २०७६, शुक्रबार १९:२१      1,397 views

नवीन गुरूङ, इटहरी ।

हङकङ तरहरा हाँसपोसा मञ्च, हङकङद्धारा राहत प्रकोप व्यवस्थापन कोष, इटहरी उपमहानगरपालिकालाई ५० हजार १ सय रुपैयाँ प्रदान गरेको छ । उक्त रकम आज हस्तान्तरण गरिएको छ ।

मञ्चका अध्यक्ष कालसिं राईले विपतको समयमा हङकङमा रहेका साबिकका हाँसपोसा गाविस र हाल इटहरी उपमहानगरपालिका वडा नं. २० र १९ लगायतका वडावासीहरुबाट सहयोग रकम संकलन गरि पठाईएको जानकारी दिनुभयो ।


मञ्चका सचिव भक्त (किरण) तामाङले तत्काललाई ५० हजार एक सय रुपैयाँ भए पनि इटहरी उपमहानगरबासी मात्र नभई आफ्नो मातृभूमिलाई अप्ठ्यारो परेको अवस्थामा यथासक्दो थप सहयोग गर्ने बताउनु भयो ।


सन् २०१३ मा हङकङमा गठन भएको मञ्चले विभिन्न समयमा नेपालमा परेको आपत विपतमा सहयोग गरिरहेको छ ।


सहयोग रकम मञ्चका सदस्य सुबेक्छु देवान, शिव रुम्दाली राई र सामाजिक अभियन्ता नवीन गुरूङ, राजन बानियाँ र विकास गिरीद्धारा हस्तान्तरण गरिएको थियो ।

सहयोग रकम प्राप्त गरिसकेपछि साबिकको हाँसपोसा गाविसका आफु दुई पटक अध्यक्ष रहेका र एकै ठाँऊको भएकोले मञ्चका साथीहरुसँग भावनात्मक सम्बन्ध समेत रहेको मेयर द्धारिकलाल चौंधरीले बताउनु भयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284