हिमाली साँस्कृतिक परिवारको रजत जयन्ती शुभारम्भ
नेपाली लोक संस्कृति बचाऔं भन्ने नाराका साथ पोखरामा क्रियाशिल संस्था हिमाली साँस्कृतिक परिवारले २५औं वर्ष प्रवेशको अवसरमा स्रष्टा सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

वि.सं. २०५४ सालामा स्थापित संस्थाले रजत जयन्तीका अवसरमा विविध कार्यक्रम गरी रजत जयन्ती वर्ष मनाउन शुभारम्भ समारोह तथा स्रष्टा सम्मान, विविध साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गर्नुहुदै हिमाली साँस्कृतिक परिवारले लोक सँस्कृति संरक्षण र विकासमा पुर्याएको योगदानको प्रसंशा गर्नुभयो ।
उहाँले सद्भावपुर्ण समाज भएको नेपाली मौलिकता एवम विविधताको सम्मान हुनुपर्ने बताउनुभयो। मन्त्री थापाले आउदो स्थानिय निर्वाचनमा सहभागि भई लोकतन्त्रको विकासका साथै निर्वाचत स्वतन्त्र, निष्पक्ष र मयरहित बनाउनमा नागरिकको तर्फबाट भुमिका खेल्न आग्रह समेत गर्नुभयो।
कार्यक्रममा हिमाली सास्कृतिक परिवारका संस्थापक अध्यक्ष रुपेन बाबु थापाको स्मृतिमा स्थापित रुपेनबाबु स्मृति पुरस्कारबाट वरिष्ठ नृत्य निर्देशक गमबहादुर परियार(गम्बीर बर्देवा) र बोलमाया गुरुङ सम्मान पुरस्कारबाट मनसुवा नेपाली सम्मानित हुनुभयो। यसरी नै हिमाली साँस्कृतिक परिवारको वर्ष उत्कृष्ठ कलाकारबाट मिनबहादुर गुरुङ र दिपा गुरुङ पुरस्कृत हुनुभएको थियो।
कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका स्वर्गीय अध्यक्ष मेनकाजी गुरुङको स्मृतिमा स्थापना गरिने कोषका संयोजक रुद्रकुमारी गुरुङ मैनाले परिवारका अध्यक्ष ज्ञानबहादुर थापालाई कोषका लागि संकलित ३४ लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभएको थियो। यसैबिच उक्त कोषका लागि तमु धिं नेपालका तर्फबाट अध्यक्ष हुमबहादुर गुरुङसहितले कोषका संयोजक रुद्रकुमारी गुरुङ मैनालाई २ लाख १ हजार ५ रुपैया हस्तान्तरण गरिएको थियो।
हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष गजबहादुर गुरुङको स्वागत र सचिव श्रीजंग गुरुङको संचालनमा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, मेनकाजी गुरुङको स्मृतिमा स्थापना गरिने कोषका संयोजक रुद्रकुमारी गुरुङ मैना लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38