ताजा खबर

२७ औ अन्तर्राष्ट्रिय मातृभाषा दिवस तथा मगर दिवसको सन्दर्भमा मातृभाषामा कविता वाचन सम्पन्न

   ७ फाल्गुन २०८२, बिहीबार १८:०८      314 views

मगर भाषा प्रतिष्ठान कास्की शाखाको आयोजनामा पोखरामा आज मगर भाषामा कविता वाचन सम्पन्न भएको छ ।
२७ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस (फेव्रुअरी २१) तथा ४४ औं मगर दिवसको पूर्व सन्ध्यामा मातृभाषामा कविता वाचन गरिएको हो । पोखरामा रहेका मगरभाषी कवि कवियत्रीहरुले ढूट र खाम भाषामा रचना वाचन गरेका थिए । साहित्यकार फूलकुमारी थापा मगर, याम बहादुर थापा मगर, समिप बैरागी, स्ट्रगल राना, रुद्र श्रीस मगर, मिना थापा मगर, इन्दिरा थापा मगर, ईश्वरी थापा मगर, पवित्रा थापा मगर, शिव थापा मगर, पिपला थापा मगर लगायतले मगर भाषामा आआफ्ना सृजना प्रस्तुत गरेका थिए ।


कविता मार्फत भाषा, संस्कार, संस्कृतिप्रति गहिरो माया झल्काउनुका साथै यसको संरक्षणका लागि सबै लाग्नुपर्ने सन्देश दिएका थिए । यसैगरी देशप्रेमी भाव र समसामयिक राजनीतिक घटनाक्रमले निम्त्याएको दुर्दशालाई पनि कविता मार्फत पोखेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि मगर भाषा प्रतिष्ठान केन्द्रिय समितिका अध्यक्ष एवं अग्रज साहित्यकार लोक बहादुर थापा मगरले कार्यक्रम अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको औल्याउँदै यस खालको कार्यक्रमले मगर भाषा संरक्षणमा टेवा पुग्ने बताउनुभयो । भाषा कुनै पनि जातिको आत्मा भएकोले यसको संरक्षण गर्नु सबैको कर्तव्य रहेको बताउनुभयो ।
मगर भाषा प्रतिष्ठान कास्की शाखाका संस्थापक अध्यक्ष निर्मल सिंजाली मगरले भाषा जिवित राख्नको लागि साहित्य लेखनमा जोड दिनुपर्ने बताउनुभयो । यसैगरी नेपाल मगर संघ केन्द्रिय समितिका कोषाध्यक्ष पूर्ण बहादुर राना मगरले भाषा जोगाउन घरघरबाटै सुरुवात गर्नुपर्ने र संघसंस्थाले पनि भाषा सिक्न सिकाउन उत्प्रेरणा जागउनु पर्ने बताउनुभयो ।
नेपाल मगर संघ गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष तारामाया थापा मगरले आफूसँग भएको क्षमता र दक्षताको प्रयोग गरी भाषा संरक्षणमा योगदान दिन आह्वान गर्नुभयो । कार्यक्रममा भाषाप्रेमी र साहित्यप्रेमी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
यसैगरी मगर भाषा प्रतिष्ठान कास्की शाखाको आजिवन सदस्य बन्नुभएका याम बहादुर थापा मगर, कला पुन मगर, बेनीमाया थापा मगर, इन्दिरा थापा मगर, पवित्रा थापा मगरलाई संस्थाको तर्फबाट धन्यावाद ज्ञापन गरिएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284