ताजा खबर

होलीमा गुञ्जिए पोखरेली कलाकार

   8:05 pm Wednesday, March 20, 2019     

होलीको अवसरमा पोखरेली कलाकार बुधबार पोखरामा गुञ्जिएका छन् । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा लेकसाइड हल्लनचोकस्थित क्याम्पिङचौरमा आयोजना भएको ‘पोखरा होली म्यूजिक फेष्टिवल–२०७५’ मा पोखरेली कलाकार गुञ्जिएका हुन् ।

कलाकार कोष अभिवृद्धि तथा कलाकार उपचार अक्षयकोषको स्थापनार्थ आयोजित कार्यक्रममा पहिलोपटक यति धेरै पोखरेली कलाकार एकैसाथ गुञ्जिएका हुन् ।

प्रवेश निःशुल्क रहेको ‘पोखरा होली म्यूजिक फेष्टिवलमा पोखराका चर्चित कलाकारहरुले प्रस्तुती दिए । हिमाअस एजुकेसन कन्सल्टेन्सीको प्रस्तुती र कफी बियाँको मूख्य प्रायोजनमा ताल किनारमा भएको कार्यक्रम पूर्वाह्न ११ बजेदेखी साँझ ६ बजेसम्म चलेको थियो ।

कार्यक्रमको शुरुवातमा डिजे सेसन भएको थियो । डिजे सेसनमा डिजे ललितले डिजेइङ गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । दिउँसो २ बजेदेखी ३ः३० बजेसम्म सोलो आर्टिष्टहरु बिनोद बानिया, भाई गुरुङ, सागर साह, आनन्दराज बज्राचार्य, प्राप्ती तुलाचन, बबी सुनारलगायतले प्रस्तुती राखेका थिए ।

दिउँसो ३ः३० बजेदेखी साँझ ६ बजेसम्म लाइभ ब्याण्ड प्रस्तुत गरिएको थियो । बुधबार पोखरेली चर्चित व्याण्डहरु कन्दरा व्याण्ड, डि–मर्चा व्याण्ड, लेकाली र देउराली व्याण्डले प्रस्तुती राखेका थिए ।

राष्ट्रको गहना मानिने कलाकार आर्थिक अभावका कारण अकालमै मृत्यूको मुखमा पुग्ने अवस्था अहिलेपनि रहेकाले उनीहरुको उपचारमा सघाउनका लागि कलाकार उपचार अक्षयकोष तथा कलाकार कोष अभिबृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गरिएको पोखरा सांगीतिक कलाकार संघ नेपालका अध्यक्ष सुनिल थापाले बताए ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284