ताजा खबर

गौरी तमू लेखन पुरस्कार गोरखाका कवि छम गुरुङलाई प्रदान गरिने

   6:03 pm Sunday, March 31, 2019     

गुरुङ साहित्यिक मञ्च नेपालको दोस्रो स्थापना दिवस यहि चैत्र २१ गते विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।

सो दिन विहान ११ बजेबाट आख्यान लेखन सम्बन्धि प्रशिक्षण आयोजना गर्ने भएको छ । उक्त प्रशिक्षणमा प्राध्यापक तथा समालोचक गुरुङ सुशान्तले प्रशिक्षण दिने कार्यक्रम तय भएको मञ्चका अध्यक्ष गौरी गुरुङले जानकारी दिनुभयो । सोहि दिन दिउँसो ३ बजेबाट वार्षिक उत्सव समारोह आयोजना हुनेछ ।


यसैबीच गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष गौरी गुरुङले स्थापना गर्नुभएको गौरी तमू लेखन पुरस्कार यसवर्ष गोरखा स्थायी घर हाल काठमाडौ निवासी युवा कवि छम गुरुङलाई प्रदान गरिने भएको छ ।

लेखन कार्यमा सक्रिय रहेका तथा कुनै एक कृति प्रकाशित भएको लेखकलाई प्रदान गरिने सो पुरस्कार कवि गुरुङलाई प्रदान गर्ने निर्णय भएको प्रतिभा छनौट समितिका संयोजक तथा मञ्चका सल्लाहकार शान्ति गुरुङले जानकारी दिनुभयो । छनौट समितिको निर्णयलाई मञ्चको हिजो बसेको कार्य समितिको बैठकले सर्वसम्मत रुपले पारित गरेको छ । पुरस्कृत स्रष्टा छम गुरुङलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङको बाहुलीबाट पुरस्कृत गरिनेछ ।

कवि छम गुरुङको २०६९ सालमा पोर्टर बा नामक कविता संग्राह प्रकाशित भएको छ भने नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने मिथक कोष नामक पुस्तकमा गुरुङ जातिको प्रतिनिधित्व गर्दै खोजमुलक लेख लेख्नु भएको छ । पुरस्कार वार्षिक उत्सवका दिन प्रदान गरिने छ । पुरस्कारको राशि नगद १५५५५ दोसल्ला, ताम्रपत्र र भाङग्रा रहेको छ ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284