ताजा खबर

सिक्लेसका अग्नि पिडितलाई लायन्स क्लब्स इन्टरनेसनल डिष्टिक्ट ३२५ बि १ द्वारा राहत वितरण

   8:47 pm Sunday, May 10, 2020     

कास्कीको मादी गाउँपालिका वडा नं.१ सिक्लेस, धप्राङथरका अग्नि पिडित दुर्गा परियारलाई लायन्स क्लब्स इन्टरनेसनल डिष्टिक्ट ३२५ बि १ नेपालको तर्फबाट राहत प्रदान गरिएको छ ।


क्लबले ४४ थान जस्तापाता, १४ फिट प्लेनसिट, १ थान पलङ्ग, लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा र नगद तीन हजार सहित करिब एक लाख दस हजार बराबरको राहत वितरण गरेको छ ।


गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङ, लायन्स क्लब्स इन्टरनेसनल डिष्टिक्टका पुर्व गभर्नर धनराज आचार्य लगायतको विशेष उपस्तिथिमा पिडित परिवारलाई सो राहत वितरण गरिएको अन्नपूर्ण मा.वि. सिक्लेसका साहयक प्रधानाध्यापक गेहेन्द्र गुरुङले जानकारी दिनुभयो ।

त्यसैबीच आज नै नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाको तर्फबाट पनि पिडित परिवारलाई भाँडाकुँडा, लत्ताकपडा, खाद्यान्न, त्रिपाल, डोरी लगायतका सामग्रीहरु जिल्ला सदस्य सन्तोष अधिकारी मार्फत पिडित परिवारलाई हस्तान्तरण गरेको छ ।

परियारको घरमा गत वैशाख २० गते आगलागी हुँदा भाँडाकुँडा, अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको थियो ।


आजै कार्यक्रममा कोरोना भाईरसबाट सुरक्षित रहन सबैलाई सुसूचित गराउँदै सांसद मनबहादुर गुरुङले स्थानियलाई मास्क र सेनिटाईजर समेत वितरण गरेको छ ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284