ताजा खबर

मातृभाषी रचना वाचन कार्यक्रम सम्पन्न

   11:53 pm Friday, August 9, 2024     

३०औ विश्वआदिवासी दिवसको अवसरमा मातृभाषी रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
गुरुङ साहित्यिक मञ्च नेपाल, मगर भाषा प्रतिष्ठान कास्की शाखा र कोको म्हेन्दो साहित्य समाजको संयुक्त आयोजनामा मातृभाषी रचना वाचन सम्पन्न भएको हो ।


कार्यक्रममा गुरुङ, मगर, तामाङ, नेवार भाषामा कविहरुले रचना बाचन गरेका थिए ।
गुरुङ भाषामा कवि गौरी तमु, तेज बहादुर च्हाक्ली, रोशनी गुरुङ, जसु गुरुङ, सम्राट गुरुङ त्यसैगरी मगर भाषामा याम बहादुर थापा मगर, रुद्र सन्देश मगर, तामाङ भाषामा धन प्रसाद तामाङ, नेवारी भाषामा उदय अमात्य लगायतले रचना वाचन गरेका थिए ।


कविहरुले भाषा, संस्कृतिको संरक्षणमा जोड र राष्ट्रिताको भाव झल्किने कविता वाचन गरेका थिए ।
गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष तेज बहादुर च्हाक्ली तमुको अध्यक्षतामा भएको कार्यक्रममा मगर भाषा प्रतिष्ठान कास्कीका अध्यक्ष याम बहादुर थापा मगरले स्वागत मन्तव्य राखेका थिए भने मञ्चका सचिव सम्राट गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284