ताजा खबर

मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न

   4:33 pm Saturday, June 14, 2025     

नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा र पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित तिनदिने मल्टिमिडिया पत्रकारिता तालिम शनिबार सम्पन्न भएको छ ।


तालिमको समापन सत्रमा बोल्दै पोखरा महानगर पालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले सूचना प्रविधिले फड्को मारेको यो समयमा पत्रकारिता क्षेत्रलाई प्रभावकारी बनाउनको लागि यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने “अवको समयमा प्रविधि सँगसँगै हामीले आफूलाई अगाडि बढाउन सकेनौं भने हामी हरेक कुराबाट पछि पर्ने छौं । त्यसैले अवको समयको मागलाई मध्यनजर गरेर पोखरा महानगरले पनि यसका लागि सकेको सहयोग गर्नेछौं ।”


जेठ २९ गते देखि ३१ गते सम्म नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा सञ्चालन गरिएको तालिममा २९ र ३० गते २ दिन प्रशिक्षक रजनिश भण्डारीले पत्रकारिता क्षेत्रमा नयाँ प्रविधि सँगै विकसित भएको एआइ, च्याट जेपिटी लगायत नयाँ प्रविधिको प्रयोग र यसको प्रभावकारिता बारेमा प्रशिक्षण दिएका थिए । नेपाल इन्भेस्टिगेटिम मल्टिमिडिया जोर्नालिज्म नेटवेर्कका संस्थापक समेत रहेका भण्डारीले अवको समय डिजिटल माध्यमको समय भएकाले नयाँ नयाँ प्रविधिसँग पत्रकारितालाई पनि विकसित गर्नु अपरिहार्य रहेको बताए ।


तालिमको अन्तिम दिन प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछाने डाटा पत्रकारिताको बारेमा प्रशिक्षण दिएका थिए ।


सहभागीको तर्फबाट पत्रकार मिना थापा मगरले तीन दिनको तालिमबाट आफूले पाएको अनुभव सुनाइन् ।
महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रमको सञ्चालन सचिव भुपाल गरुङले गरेका थिए ।

तालिममा कास्कीका ७० जना पत्रकारहरुको सहभागिता रहेको थियो । नेपाल इन्भेस्टिगेटिम मल्टिमिडिया जोर्नालिज्म नेटवेर्कको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएकोे थियो ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284