ताजा खबर

प्रगतिशील माध्यमिक विद्यालयमा सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न

   9:34 pm Sunday, August 17, 2025     

प्रगतिशील माध्यमिक विद्यालय अन्नपूर्ण–४, कास्कीले आइतबार एक विशेष समारोहको आयोजना गरी यस वर्षको कक्षा १० (SEE) र कक्षा १२ (SLC) उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । साथै, सोही अवसरमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसमेत गरिएको छ ।

प्रमुख अतिथि एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर के.सी.ले विद्यालयको शैक्षिक भौतिक एवं समग्र पक्षको विकासमा आफू खटिरहेको बताउँदै पूर्व विद्यार्थी मञ्चलाई कार्यालय सञ्चालनका लागि एउटा छुट्टै कोठा उपलब्ध गराउने वचनबद्धता व्यक्त गर्नुभयो ।


विशेष अतिथि एवं विद्यालयका पूर्व प्र.अ. नारायणप्रसाद पौडेल र वर्तमान प्र.अ. नमराज पौडेलले विद्यालयको शैक्षिक गतिविधि एवं भावी योजनाको बारेमा प्रष्ट पार्नुभएको थियो । पूर्व विद्यार्थी मञ्चका सदस्य एवं जनप्रतिनिधि रामबहादुर बि.क.ले एसइइ पछि पनि सबै विद्यार्थीहरू यसै विद्यालयमा अध्ययन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका सभापति एवं पूर्व विद्यार्थी मञ्चका अध्यक्ष डा. खड्कबहादुर केसीले विद्यालयसँग मिलेर विद्यालयको विकासमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रम सञ्चालन विद्यालय व्यवस्थापन समितिका सचिव हरिबहादुर के.सी.ले गर्नुभएको थियो भने स्वागत मन्तव्य समितिका उपाध्यक्ष नवीनराज पौडेलले प्रस्तुत गर्नुभएको थियो । समारोहमा विद्यालय व्यवस्थापन समिति, शिक्षक–कर्मचारी, शिक्षक अभिभावक सङ्घ, अभिभावकज्यूहरू र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284