ताजा खबर

तमु धिं नेपालले एसईई उतिर्ण तमु विद्यार्थीलाई बधाई तथा अभिमुखीकरण सम्पन्न

   ४ श्रावण २०८२, शनिबार २१:११      382 views

तमु समुदायको पुरानो अग्रणी सामुदायिक संस्था तमु धिं नेपालले शनिवार तमु धिंमा २०८१ सालमा एसईई उतिर्ण तमु विद्यार्थीलाई बधाई तथा अभिमुखीकरणका साथै नवनिर्मित बहुउद्धेश्यीय सभाहल उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

समारोहको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो भने नवनिर्मित तमु धिं बहुउद्धेश्यीय सभाहलको उद्घाटन प्रमुख अतिथि गुरुङले पोखरा महानगरपािलका वडा नं.९ का वडा सदस्य लक्ष्मी पहारीबाट गराउनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि माननीय गुरुङले एसईई उतिर्ण तमु विद्यार्थीहरुलाई बधाईका साथै नेपालमै उच्च र उत्कृष्ठ शिक्षा आर्जनका लागि जोड दिनुपर्ने बताउनुभयो। तमु विद्यार्थीहरु क्षमतावान बन्नुपर्दछ, उहाँले तमु विद्यार्थीहरु विदेश जाने नै पर्ने भए नेपालमा स्नातकोत्तर अध्ययन गरी दक्षता हासिल पश्चात मात्र जान सुझाए। तमु धिं नेपालले छोटो अवधिमा बहुउद्धेश्यीय सभाहल निर्माण गरेकोमा आगामी दिनमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो ।

विशेष अतिथि पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले तमु विद्यार्थीहरुलाई बधाई र शुभकामना व्यक्त गर्नुहुदै तमु धिं नेपाल पोखरा ९ मै केन्द्रिय कार्यलय रहेको संस्था वडाको शान भएको बताउनुहुदै दिनरात नभनी छोटो अवधिमा बहुउद्धेश्यीय सभाहल निर्माण सम्पन्न गरेकोमा आगामी दिनमा वडाबाट पनि सक्दो सहयोग हुने बताउनुभयो ।

कार्यक्रममा तमु विद्यार्थीहरुलाई अभिमुखीकरण गर्दै विकास गुरुङले सक्षम, क्षमतावान, प्राविधिक जनशक्ति निर्माणका समयको माग अनुसारको शिक्षा आवाजको आवाश्यकता भएको बताउनुभयो । उहाँले शिक्षा नै विकासको आधार भएकाले शिक्षाको वातावरण साथै उत्कृष्ठ शिक्षाका लागि तमु विद्यार्थीहरु सोच्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा तमु धिं नेपालका क्षेत्रिय तमु समाजहरुको तर्फबाट कोल्माबहाकोट तमु समाजका अध्यक्ष पुर्णबहादुर गुरुङ, शिक्षा शिक्षा शिक्षा अभियानकर्ता युग गुरुङ लगायतले बधाई सहित शिक्षाको महत्वबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा तमु धिं नेपाल केन्द्रिय युवा समितिको कलाकारहरु, तमु धिं नेपालका कलाकारहरु लगायतले साँस्कृतिक प्रस्तुति गरी मनोरञ्जन दिलाएका थिए ।

एसईई उतिर्ण तमु विद्यार्थीहरुलाई प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ, पोखरा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी, वडा सदस्यहरु लक्ष्मी पहारी, गीता चर्मकार, मादी ३ का वडाध्यक्ष विकास गुरुङ, अभिमुखीकरणकर्ता विकास गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, प्रथम उपाध्यक्ष गिमाया गुरुङ, आमा समितिका केन्द्रिय अध्यक्ष पवित्रादेवी गुरुङ, तमु धिं नेपाल कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ, स्याङजाका अध्यक्ष बालकुमार गुरुङ लगायतले टिका, खादा, सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अध्यक्ष गुरुङ र संचालन सचिव जुमकाजी गुरुङले गर्नुभएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले पर्यटन पुर्वाधार शिर्षक अन्र्तगत पोखरा महानगरपालिकाबाट कार्यन्वयन भएको तमु धिं बहुउद्धेश्यीय सभाहल करिब ७८ लाख रुपैयामा हालै निर्माण गरिएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284