ताजा खबर

पर्वतीय पत्रकारितामा योगदान पुर्‍याए वापत पत्रकार भुपाल गुरुङ सम्मानित

   २९ श्रावण २०८३, शुक्रबार २२:२१      15 views

पर्वतीय पत्रकारितामा योगदान पुर्‍याएको भन्दै पत्रकार भुपाल गुरुङ सम्मानित हुनुभएको छ ।

नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशले गुरुङलाई पर्वतीय पत्रकारितामार्फत हिमाल, पदयात्रा, पर्वतारोहण, प्रकृति तथा हिमाली जीवनका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन महत्वपूर्ण योगदान गरेको भन्दै नगद सहित सम्मान गरेको हो।

संघको पोखरामा आयोजित १८ औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनको अवसरमा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा, गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङ र सचिव मनशान्त घिमिरे, पोखरा पर्यटन परिषद अध्यक्ष तारानाथ पहारीलगायतले गुरुङलाई नगद, फेटा र सम्मानपत्रले सम्मान गर्नुभएको थियो । विगत १८ वर्षदेखि पत्रकारितामा क्रियाशील गुरूङले विशेषतः गण्डकी प्रदेशका हिमाली क्षेत्र, पर्वतारोहण तथा साहसिक पर्यटनका विषयलाई टेलिभिजन पत्रकारितामार्फत विश्वसामु पुर्‍याउन उल्लेखनीय योगदान गर्दै आउनुभएको छ । संघले गुरुङको पत्रकारिताले हिमाली पर्यटन, साहसिक पर्यटन तथा त्यससँग जोडिएका विषयको प्रवद्र्धन र संरक्षणमा समेत योगदान पुर्‍याएको जनाएको छ।

नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशले पर्वतीय पर्यटनको विकास, हिमाली सम्पदाको संरक्षण तथा साहसिक पर्यटनको प्रवद्र्धनमा पुर्‍याउँदै आएको योगदानप्रति सम्मान व्यक्त गर्दै गुरूङले पर्यटन विकासका लागि नीति, पूर्वाधार र लगानीसँगै त्यसको कथा विश्वसामु पुर्‍याउने प्रभावकारी सञ्चार पनि उत्तिकै अपरिहार्य रहेको बताउनुभयो । त्यसैले पर्यटन संस्था र सञ्चार क्षेत्रबीचको सहकार्य अझ सुदृढ र परिणाममुखी बन्न आवश्यक रहेको अौल्याउनुभयो । आगामी दिनमा पनि गण्डकी प्रदेशको पर्यटन विकास, संरक्षण र प्रवद्र्धनका सवाललाई प्राथमिकताका साथ उठाउने उहाँको प्रतिबद्धता छ ।

कान्तिपुर टेलिभिजन संवाददाता एवम नेपाल पत्रकार महासंघ कास्कीका सचिव समेत रहनुभएका गुरूङ यसअघि फिटोफ गण्डकीको क्याप्टेन रुद्रमान स्मृति ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार–२०७६, नेपाल पत्रकार महासंघ कास्कीबाट प्रदान टंकदेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार–२०७८, नेपाल हवाई खेलकुद संस्था पत्रकारिता पुरस्कार–२०७९, पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कार–२०७९ र अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ लगायत पुरस्कारबाट सम्मानित भईसक्नुभएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

पर्वतीय पत्रकारितामा योगदान पुर्‍याएको भन्दै पत्रकार भुपाल गुरुङ सम्मानित हुनुभएको छ । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशले गुरुङलाई पर्वतीय पत्रकारितामार्फत हिमाल, पदयात्रा, पर्वतारोहण, प्रकृति तथा

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284