चिली क्होइवोलाई एकैदिन १७ लाख सहयोग
देबीजग तमू
पर्यटकीय गाउँ सिक्लेसमा निर्माण हुन लागेको चिली क्होइबोको लागि सिक्लेसमा शनिवार आयोजित सांस्कृतिक कार्यक्रमवाट एकैदिन १७ लाख १ हजार १ सय ७७ रुपैया संकलन भएको छ ।
मादी गाउँ पालिका वडा नम्वर १ स्थित ऐतिहासिक रिसफुलुमा निर्माण हुने सिक्लेस क्होइवोको लागि धप्राङथर टोल सुधार समितिले ३ लाख ५५ रुपैया , सुबेदार जंग बहादुर गुरुङले १ लाख १ सय ४८ रुपैया, खुसिरि ( कालेको आमा ) १ लाख ९ सय ७९ रुपैया , दल बहादुर गुरुङका चार दाजुभाइवाट १ लाख ९ सय ५ रुपैया र पच्यु पैडी चिवा मौ वहादुर १ लाख ५ हजार रुपैया क्होइवो निर्माण समितिलाई दिएको हो ।
यसैगरि निर्माण समितिलाई पच्यु चिवा स्व आस वहादुर गुरुङको स्मृतिमा श्रीमती पुर्ण्सिरि र परिवारवाट १ लाख ५ रुपैया , रुप बहादुर गुरुङ ( रुरल ) को परिवारवाट १ लाख १ सय ५ रुपैया , कुमानसि गुरुङ ( चौमायाको ठूलो बाबा ) वाट १ लाख १ सय १० रुपैया , मेच वहादुर गुरुङवाट १ लाख १ सय ५ रुपैया र तमु प्ये ल्हु संघ सिक्लेस इकाई समितिका अध्यक्ष एबम मादी १ का वडाध्यक्ष सुरज कुमार गुरुङ र छोराहरुवाट १ लाख ५ हजार रुपैया सहयोग प्राप्त भएको छ ।
यस्तै सिक्लेस आमा समूहवाट ५० हजार ५ रुपैया , लिल वहादुर गुरुङ ( ढोटुको माइला ) ५० हजार ९ सय ५४, सभाथर टोल सुधार समितिवाट २० हजार ५ रुपैया , सिक्लेसप्रेमी पत्रकार वसन्त श्रेष्ठ १० हजार ५ रुपैया , गैरीथर टोल सुधार समितिवाट ३५ हजार, याङ्जाकोट घर भई युकेनिवासी लेख जंग र श्रीमती शान्ती गुरुङवाट १० हजार ५० रुपैया , हर्पुथर टोल सुधार समितिवाट २० हजार ५ रुपैया, लामाथर टोल २० हजार १५ रुपैया र कोइथर टोल सुधार समितिवाट १५ हजार निर्माण समितिलाई प्राप्त भएको छ ।
करिव १ करोड ३० लाखको लागतमा सिक्लेसमा क्होइवो निर्माण हुन लागेको हो ।
निर्माण समितिका अध्यक्ष सुरज कुमार गुरुङको अध्यक्षतामा भएको सांस्कृतिक कार्यक्रममा समितिका उपाध्यक्ष इच्छा बहादुर गुरुङ , सचिब गेहेन्द्र गुरुङ , मिलन गुरुङ लगायतले वोलेका थिए ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09