ताजा खबर

तमु धिं नेपालको घुम्ती बैठक सम्पन्न, जिफानलाई तमु धिं नेपालको सहयोग

   २२ असार २०८१, शुक्रबार २२:५१      191 views

पोखरा, २१ असार

तमु धिं नेपालले आफ्नो मासिक घुम्ती बैठक पोखरा माहानगरपालिका वडा नंं. ३० स्थित सुर्यमुखी तमु समाजमा शुक्रवार सम्पन्न गरेको छ ।


तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले तमु एकता वार्तालाई इमान्दारीपूर्वक अघि बढाउने छिटो टुंगोमा पु¥याउन तमु धिंको तर्फबाट पहल गर्न, तमु धिं नेपालको मुखपत्र ‘तमु सुँ’ प्रकाशनका लागि लेख, रचना र बिज्ञापन संकलन समिति गठन, एस इ इ उतिर्ण तमु बिद्यार्थीलाई बधाई एवम प्रशिक्षण कार्यक्रम साथै स्वास्थ्योपचारका लागि बिरामीहरुलाई साउन ५ सहयोग रकम बितरण गर्ने लगायतका निर्णय गरेको छ ।
यसरी नै तमुहरुको राजधानी पोखरामा तमुहरुको विश्व सम्मेलन गर्न बैठकमा सहभागीहरुले बिषय उठान गरेका थिए । यसैबिच गुरुङ फिल्म्स एसोशियसन नेपाल जिफानको जग्गा खरिद तथा भवन निर्माण सहयोगार्थ तमु धिं नेपालको तर्फबाट अध्यक्ष हुम बहादुर गुरुङ लगायतले जिफान अध्यक्ष गुन्जबहादुर गुरुङलाई १ लाख ५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो ।


बैठकमा जिफान अध्यक्ष गुन्ज गुरुङ, सुर्यमुखी तमु समाजका अध्यक्ष सुबेदार दलबहादुर गुरुङले स्वागतसहित समाजको स्थापनादेखि वर्तमानसम्मको जानकारी, संस्थापक अध्यक्ष क्य. प्रेमबहादुर गुरुङ, तत्कालिन लेखनाथ नगरपालिका उपमेयर गोपालमान गुरुङ, बाझापाटन तमु समाज अध्यक्ष कृष्ण बहादुर गुरुङ, तमु धिं नेपाल केन्द्रिय युवा समिति अध्यक्ष रमेश गुरुङ लगायतले भनाइ राख्नुभएको थियो ।


कार्यक्रममा तमु धिंका वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङले स्वागत र महासचिव जुना गुरुङले संचालन गर्नुभएको थियो । सुर्यमुखी तमु समाजको तर्फबाट मौलिक सांस्कृतिक प्रस्तुतिसहित स्वागत एवम मनोरन्जन दिलाएको थियो भने परम्परागत खानाको परिकारको स्वाद बैठकका सहभागीहरुलाई दिलाएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284