नेपाल तामाङ घेदुङको ६८औं स्थापना दिवसमा श्रष्टा सम्मान तथा पुरस्कार वितरण
पोखरा
नेपाल तामाङ घेदुङको ६८औं स्थापना दिवसको अवसर पारेर नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा प्रथम अमर रत्न युवा पुरस्कार तथा रमेश रत्न दीर्घ सेवा पदक पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा स्वर्गीय अमर माम्बा तामाङको स्मृतिमा प्रदान गरिएको अमर रत्न पुरस्कारद्वारा राष्ट्रिय तथा अन्तर्रास्ट्रिय पदक विजेता कराँते खेलाडी कृष्ण कुमार गोले र स्वर्गीय रमेश गोले तामाङको स्मृतीमा रमेश रत्न रास्ट्रिय दीर्घसेवा पुरस्कारद्वारा नेपाल तामाङ घेदङ कास्कीको स्थापनाकालदेखि निरन्तर समुदायको सेवा गर्नुहुने वरिष्ठ समाजसेवी प्रताप वाईबा तामाङलाई जनही रु. १०÷१० हजार नगद, सम्मानपत्र साथै दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ संघीय उपाध्यक्ष दीपक वाइबा तामाङले छ्योमेमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै उहाँले मुलुकको लोकतान्त्रिक परिवर्तनलाई आत्मासात गर्दै देशको हरेक क्षेत्रमा वहु आयामिक ढङ्गले अग्रसर भएर अगाडि बढ्न सकेमा मात्र संस्थाले लिएको परिकल्पनालाई साकार तल्याउन सकिने बताउनुभयो ।
साथै उहाँले समुदायमा योगदान दिनुहुने ऐतिहासिक व्यक्तित्वहरुको जीवनी, समुदायप्रतिको योगदानको दस्तावेज लिपिवद्द, अभिलेखीकरण साथै संकलन, संरक्षण गरी नयाँ पुस्तालाई पुस्तान्तरण गरिनुपर्ने कुरामा जोड दिनुभयो ।
साथै कार्यक्रममा म्हेन्दो तामाङ समाज युकेका अध्यक्ष आइतसिङ माम्बा, घेदुङ कास्की पुर्व का.वा.अध्यक्ष रामप्रसाद साम्देन, महिला घेदुङ पोखरा समितिका अध्यक्ष पवित्रा तामाङ, घेदुङ माछापुच्छ्रेका अध्यक्ष धन बहादुर पाख्रिन, घेदुङ पोखरा समितिका प्रमुख सल्लाहकार टेक बहादुर तामाङ, अध्यक्ष शिबु ब्लोन साथै प्रतिभा छनौट समितिका संयोजक कुम बहादुर योन्जन लगाएतले बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो त्यस्तैगरी सम्मानित व्यक्तित्वद्वय प्रताप वाइबा तामाङ र कृष्णा कुमार गोले तामाङले संस्था र अक्षयकोष दाताप्रति कृतज्ञ प्रकट गर्नुभएको थियो ।

संघका अध्यक्ष भक्त तामाङले स्व.अमर माम्बा तामाङको जिवानी माथि प्रकाश पार्नुभएको थियो भने उपाध्यक्ष ऋतु थोकरले रमेश गोले तामाङको संक्षिप्त जीवनी प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा तामाङ घेदङ कास्कीको स्थापनाकालमा अतुलनीय योगदान पुर्याउनुहुने अगुवा इन्द्र बहादुर डुम्जनलाई पनि सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा अमर रत्न पुरस्कार अक्षयकोषदाता वहाँका दाजु आइतसिङ माम्बा तामाङ, रमेश रत्न पुरस्कार अक्षयकोषदाता वहाँकी आमा मिश्री तामाङ लगाएत घेदुङ कास्कीको भौतिक संरचनामा थप सुविधा सम्पन्न गराउन सहयोग पुर्याउनुहुने व्यक्तित्वहरु लाघुराम तामाङ, सुकमाया मोक्तान, वृहस तामाङ, दिनेश थीङ र धन बहादुर पाख्रिनलाई पनि खादा ओढाई सम्मान गरिएको थियो ।
नर बहादुर योन्जन तामाङको स्वागत मन्तव्य रहेको कार्यक्रम संचालन ऋतु तामाङको रहेको थियो भने भक्त डुम्जन तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38