
नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकीको अध्यक्षमा पुनः बोबरजङ्ग गुरुङ
नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेश समितिको वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रम र संस्थाको बारेमा प्रष्ट पार्दै संघ गण्डकीका अध्यक्ष एवम् पर्यटन व्यवसायी बोबरजङ्ग गुरुङले अहिले गण्डकी प्रदेशभरी करिब ८ सय पर्यटक बोक्ने गाडी अर्थात हरियो नम्बर प्लेट भएको गाडी सञ्चालनमा रहेको र त्यसमा करिब ४ अर्ब लगानी रहेको बताउनुभयो ।
नेपालम सबै भन्दा सुरक्षित र कम मात्र सानोतिनो दुर्घटनामा पर्ने सवारी साधन मध्ये हरियो नम्बर प्लेटको साधान पहिलो नम्बरमा आउने भएकोले अहिले यो सेवाप्रति बाह्य पर्यटक मात्र नभएर आन्तरिक पर्यटक पनि बढी आकर्षित हुँदै गएको बताउनुभयो ।

पर्यटक यातायात क्षेत्रमा जति अवसर छ त्यति नै जोखिमपूर्ण पनि रहेको भन्दै उहाँले यसक्षेत्रमा लगानी गर्दा लगानी कर्ताले पटकपटक सोच विचार गरेर मात्र लगानी गर्न आग्रह गर्नुभयो ।
नेपालमा चाँहिने जति एयरपोर्ट र एयरलाईन्सको अभावले गर्दा पनि पर्यटक यातायातको महत्व झनै बढेर गएको बताउनुभयो ।
आफूहरुले केवल व्यवसायीको हितको कुरा मात्र नगरको भन्दै अध्यक्ष गुरुङले आफूहरु नेपाल सरकारले निर्देश गरेको कानुन मान्न र नेपाल भ्रमण वर्षलाई सफल बनाई सफल तथा समृद्ध नेपाली सुखी नेपाली बनाउने अभियानमा सरकारलाई सहयोग गर्न समेत तयार रहेको बताउनुभयो ।
नेपालमा पर्यटन यातायातको सुरुवात धार्मिक तीर्थयात्रीबाट सुरु भएको भन्दै आफूहरु नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थलहरुको प्रबद्र्धनमा लागि परेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले खुल्ला अर्थ नीति नेपालमा लागु भएपछि निजी क्षेत्रको लगानी ह्वातै बढेको भन्दै अहिले पनि लगानी गर्ने काम निजी क्षेत्रकै भएको र सरकारको काम यसको लागि वातावारण बनाउने मात्र रहेको बताउनुभयो ।
आफू व्यवसायिक क्षेत्रबाटै राजनीतिमा प्रवेश गरेको भन्दै सधै व्यवसायीकै हितको पक्षमा आफू उभिने बताउनुभयो ।
यस्तै अन्तरिक भ्रमण वर्ष २०१९÷२२ का संयोजक जुद्ध गुरुङले आफू पोखराको पर्यटन व्यवसायीसँग त्यति चिनजान र घुलमिल नरहे पनि पोखराका व्यवसायीबाट आएको अन्तरिक भ्रमण वर्षसँग सम्बन्धित कार्यक्रमलाई पूर्ण रुपमा सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा संघले यस वर्षको उत्कृष्ट कर्मचारीको रुपमा कार्यालय व्यवस्थापक राजेश घर्ती थापालाई सम्मान गरेको छ भने उत्कृष्ट चालकको रुपमा सापकोटा एडभेन्चर प्रा.लि.का तेजबहादुर राईलाई सम्मान गरेको छ ।
विगत आठ वर्षदेखि एउटै कम्पनीमा चालकको रुपमा कार्यरत राईलाई सोहि अवसरमा कम्पनीको तर्फबाट पनि पुरस्कार स्वरुप नगद १५ हजार प्रदान गरिएको छ ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्चीवी पोख्रेल, पर्यटन व्यवसायीहरु बाँसु त्रिपाठी, अग्नि कँडेल, महिला उद्यमी लक्की कार्की लगायतले शुभकामना दिनुभएको थियो ।
नेपाल पर्यटक यातायात समिति गण्डकीका अध्यक्ष बोबरजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव नवराज सापकोटाले गर्नुभएको थियो ।

यसैबीच संघको प्रथम अधिवेशनले पुनः बोबरजंग गुरुङको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा बाबुराम पाण्डे, द्धितिय उपाध्पक्षमा दुर्गा दाहाल, महासचिवमा सुरेश दाहाल, सचिवमा कुमार आचार्य, कोषाध्यक्षमा दीपेन्द्र दाहाललाई चयन गरिएको छ भने सदस्यहरुमा प्रकाश श्रेष्ठ, सुजन बराल, ताराप्रसाद गौतम, रविप्रसाद आचार्य र भवानी प्रसाद अधिकारी रहनुभएको छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26