
पसगाउँ ठाँटी मा.वि.मा फागुन ७ गते मा.वि. स्तरीय फुटबल प्रतियोगिता हुने
लमजुङको क्व्होलासोंथार गाउँपालिका वडा नं. ६ पसगाउँमा रहेको पसगाउँ ठाँटी मा.वि.ले आगामी फागुन ७ गते ७१औं प्रजातन्त्र दिवसको अवसर पारेर छात्र फुटबल प्रतियोगिता गर्ने भएको छ ।
क्व्होलासोंथार गाउँपालिकामा रहेको मा.वि. स्तरीय नाइन एसाइड फुटबल प्रतियोगितामा सहभागि भई दिन विद्यालयले सम्बन्धीले सबै छिमेकी विद्यालयलाई अनुरोध गरेको छ ।

प्रतियोगितामा १० कक्षासम्म अध्ययनरत छात्रहरुले सहभागिता जनाउन पाउने छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार ट्रफी र प्रमाणपत्र पाउने छन भने द्धितिय हुने टिमले नगद १० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने विद्यालयका शिक्षक सोविन बरालले जानकारी दिनुभयो ।
यस्तै उत्कृष्ट गोल किप्पर, सर्वाधिक गोलकर्ता, अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट फर्वाड, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट डिफेन्स र म्यान अफ दि म्याचलाई नगद १ हजारका दरले पुरस्कार प्रदान गरिने विद्यालयका प्रधान अध्यापक रतनसिं गुरुङले जानकारी दिनुभएको छ ।
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08