
पोखरा १३ स्थित चिसापानी टोल आमा समुहको दोस्रो वार्षिक उत्सव विभिन्न कार्यक्रम सहित सम्पन्न
पोखरा महानगरपालिका वडा नं १३ मा रहेको चिसापानबी टोल आमा समुहले दोस्रो वार्षिक उत्सव मनाएको छ ।

स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएको सो आमा समुहले आज याङ्जाकोट तमू समाज पोखरामा एक भव्य कार्यक्रमका बीच वार्षिक उत्सव समारोह सम्पन्न गरेको हो ।
वार्षिक उत्सव समारोहको महिला उद्यमी संघ कास्कीकी अध्यक्ष तथा पोखरा अचार उद्योगका सञ्चालक काशी गुरुङले उद्घाटन गर्नुभयो ।

सो अवसरमा बोल्दै उहाँले महिलाहरु जति सक्दो बढी शिक्षित हुन जरुरी रहेको भन्दै महिला शिक्षित भएमा मात्र घर परिवारसँगै उद्योग धन्दा पनि चलाउन सक्ने बताउनुभयो । चिसापानी आमा समुहले गर्ने कुनै पनि काममा आफूले सक्दो सहयोग गर्दै जाने भन्दै उहाँले दिदीबहिनीहरुलाई लगानीमा अग्रसर हुन अनुरोध गर्नुभयो ।

यस्तै याङ्जाकोट तमू समाजका अध्यक्ष सु.चन्द्रबहादुर गुरुङले अहिले देशमा महिलाहरुको लहर चलेको भन्दै महिलाहरु जति सक्दो शिक्षित भएर अधिकारका लागि अघि बढन आग्रह गर्नुभयो । इमान्दारी र जिम्मेवारीले मात्रै मानिसलाई उचाईमा पु्रयाउने भन्दै उहाँले सबै महिलाहरुलाई आफनो दायित्व पनि बोध गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा चिसापानी टोल विकास संस्थाका सल्लाहकार क्या.चन्द्रप्रसाद गुरुङले युवाहरुले नेपालमै उच्च शिक्षा हासिल गर्नुपर्ने बताउनुभयो ।

वार्षिक उत्सवको अवसरमा आमा समुहले टोलका वृद्धा आमाहरुलाई सम्मान गरेको छ भने यसवर्ष एईई र कक्षा १२ एवम् स्नातक तह उत्र्तिण गरेका टोलका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
आमा समुहका कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहेको कार्यक्रम समुहकी अध्यक्ष डिलसुब्बा गुरुङ र उहाँका श्रीमान् डम्मर गुरुङले खाजा प्रायोजन गर्नुका साथै नगद ५ हजार आर्थिक सहयोग गर्नुभएको छ भने कार्यक्रममा सम्मानित भावी गुरुङबाट ५ हजार, खादी गुरुङबाट ५ हजार, विष्णुकुमारी गुरुङबाट ५ हजार र लालश्री गुरुङबाट ३ हजार आमा समुहलाई सहयोग प्रदान गरिएको छ ।
यस्तै कार्यक्रममा ओम प्हच्यु गुरुङ र श्रीमीत दिलमाया गुरुङबाट ३ हजार, सु.दानबहादुर गुरुङबाट एक हजार, हवल्दार भीमबहादुर गुरुङबाट एक हजार, सु.मन्त्रीजंग गुरुङबाट एक हजार, खडकबहादुर गुरुङबाट एक हजार बीस र ले.नरबहादुर गुरुङबाट एक हजार सहयोग प्रदान गरिएको छ ।
आमा समुहकी अध्यक्ष डिलसुब्बा गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव बालकाशी गुरुङले गर्नुभएको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26