
भरतपोखरीमा नाला निर्माण गरिदै
पछिल्ला समयमा तीव्र बजारीकरण भैरहेको पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बागमारा क्षेत्रमा नाला निर्माण कार्य बढाइएको छ ।

महानगरभित्रका वडामा आवश्यक पूर्वाधार विकासलाई अघि बढाउने पोखरा हानगरपालिकाको योजना अनुरुप भरतपोखरी बाघमाराको पानी टंकी चैनपुर क्षेत्रमा नाला सञ्जाल निर्माण कार्य थालिएको हो । महानगरपालिकाको सहयोगमा क्रमागत योजना अन्तर्गत पहिलो चरणमा उक्त क्षेत्रको एक सय ८५ मिटर नाला निर्माण कार्य भैरहेको छ ।
पानी टंकी चैनपुर बाटो स्तरोन्नति तथा नाला सञ्जाल निर्माण समितिका अध्यक्ष मदनप्रसाद अधिकारीका अनुसार क्रमागत योजना अन्तर्गत प्रथम चरणमा २० प्रतिशत जनसहभागिता सहित कुल १५ लाख रुपैयाँ लागतमा निर्माण कार्य भैरहेको छ ।
योजना अन्तर्गत पानी टंकी चैनपुर क्षेत्रको बाटो स्तरोन्नतिका साथै पानीको सहज निकासको लक्ष्यका राखिएको जानकारी दिदै अधिकारीले पहिलो चरणको निर्माण कार्य आगामी असार १० गतेसम्म सक्ने सम्झौता भए पनि जेठ १५ भित्रै सक्ने गरी तीव्रताका साथ काम भैरहेको बताउनुभयो ।
भरतपोखरीको पानीं टंकी चैनपुरका साथै समग्र बागमारा क्षेत्र बजारीकरण भैरहेका अवस्थामा बाटोको स्तरोन्नतिका साथै नाला निर्माण अघि बढ्नुुलाई अत्यन्त महत्वका साथ हेरिएको छ । पोखरा ३३ भरतपोखरीमा पूर्वाधार विकासले गति लिदै जानुका साथै पोखरामा अन्तराष्ट्रिय विमानस्थल बन्दै गरेका अवस्थामा यहाँ वस्ती विकासको क्रम पनि तीव्र रुपमा बढ्दै गएको छ ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52