
मादीमा गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय एक्लौटी भएको भन्दै काँग्रेसको विरोध
नेपाली काँग्रेस मादी गाउँपालिका कार्यसमिति र नेपाली काँग्रेसका तर्फबाट मादी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीहरुको संयुक्त बैठक सम्पन्न भएको छ ।

नेपाली काँग्रेस मादी गाउँपालिकाका संयोजक देवीजंग गुरुङको सभापतित्वमा बसेको वैठकले नेपाल सरकारको नियमावली अनुसार मादी गाउँपालिकाको याङ्जाकोट झ्यालीपोखरीबाट केन्द्र परिवर्तन गर्ने एक्लौटी निर्णय खारेजीको माग सहित १२ वटै वडाहरुलाई पायक पर्ने स्थान मादी करिडोरमा केन्द्र राख्नुपर्ने माग गरेको छ ।
साथै बैठकले ५औं गाउँ सभामा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधीहरुले राखेको संशोधन प्रस्तावमाथि छलफल नगरी सहमति, सहकार्य र एकतालाई लत्याएर जबरजस्ती गरेमा यही आषाढ २० गते बोलाइएको गाउँ सभामा आफ्ना प्रतिनिधीहरु सभामा उपस्थित भएर विरोध सहित बहिष्हकार गर्न निर्देशन दिएको छ ।
अघिल्लो वर्षका महत्वपूर्ण निर्णयहरु कार्यान्वयनमा जाने प्रतिबद्धता व्यक्त नगरेमा २० गतेको सभा बहिष्कार गर्दै २१ गतेको घोषणा सभामा प्रमुख अतिथिलाई विरोध सहित कालो झण्डा देखाउने र गाउँपालिका भरी भण्डाफोर अभियानका साथ जनताका बीचमा जाने समेत वैठकले निर्णय गरेको छ ।
साथै मादी गाउँपालिकाको समग्र विकासको लागि सहमति, सहकार्य र एकता साथ जनहितको काम कारवाहीमा लाग्न वैठकले गम्भीर ध्यानाकर्षण गराएको छ ।
मादी ८ का वडा अध्यक्ष एवम् प्रतिपक्षी दलका नेत यमबहादुर गुरुङ र नेपाली काँग्रेस मादी गाउँपालिका सचिव भानु ढकालद्धारा जारी प्रेस विज्ञप्ती मार्फत उक्त विरोध गरिएको हो ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52