
श्रीमती सीताको मन राख्न अमेरिका : दाहाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि आइतबार अमेरिका गएका छन् ।

अमेरिकातर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले श्रीमती सीताले पटक–पटक ‘अमेरिका गएर उपचार गर्न पाए निको हुन्थ्यो कि’ भनेर जोड गरेकाले सीताको मन राख्न अमेरिका जान लागेको बताए ।
पार्किन्सन रोगबाट ग्रस्त सीता दाहालको अमेरिकाको बाल्टीमोरस्थित जोन हकिङ्स अस्पतालमा उपचार गरिने जनाइएको छ ।
रोगको परीक्षण गर्न ७ देखि १० दिनको समय लाग्ने र त्यसपछिपनि उतै बस्नुपर्ने अवस्था आए पत्नी सीतालाई छोरी–ज्वाइँको साथमा छाडेर आफू फर्कने उनले बताए ।
स्वास्थ्य उपचारका लागिमात्रै जान लागेको भएपनि त्यहाँ रहँदा अमेरिकी सरकारका प्रतिनिधिहरुसित अनौपचारिक भेटघाट हुनसक्ने पनि अध्यक्ष दाहालले बताए ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52