
साझा उद्देश्य आमा समुह हङकङद्धारा खिलाङ गाउँका ५ जना विरामीलाई आर्थिक सहयोग
हङकङमा स्थापित भएको साझा उद्देश्य आमा समुह हङकङले कास्कीको मादी गाउँपालिका वडा नं. १ खिलाङका विभिन्न दीर्घ रोगले थलिएका ५ जना विरामीलाई आर्थिक सहयोग गरेको छ ।

आर्थिक अवस्था एकदमै कमजोर भएका उनीहरुलाई उपचार गर्न र जिविकोर्पाजन गर्न सारै गाह्रो भएपछि खिलाङ गाउँका चेली तथा साझा उद्देश्य आमा समुह हङकङका अध्यक्ष इन्द्रकुमारी गुरुङको पहलमा समुहले संकलन गरेको ३ लाख ५७ हजार एकसय २५ रुपैंया आज खिलाङ तमू समाज पोखरामा एक कार्यक्रमको आयोजना गरि सम्बन्धित विरामीलाई हस्तान्तरण गरिएको छ ।

साझा उद्देश्य आमा समुह हङकङका कोषाध्यक्ष लक्ष्मी गुरुङ र सदस्य शोभा गुरुङको उपस्थितीमा सो रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा मादी १ का वडा सदस्य टिकाराम गुरुङ, युवा समाजसेवी टेकेन्द्र गुरुङ लगायतले समाज र विरामीको तर्फबाट सहयोगी दाताहरुलाई आभार व्यक्त गर्नुभएको थियो ।
खिलाङ तमू समाजका अध्यक्ष क्या.गणेश गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52