
हङकङ तरहरा हाँसपोसा मञ्चद्धारा इटहरी उपमहानगरपालिकालाई आर्थिक सहयोग
नवीन गुरूङ, इटहरी ।
हङकङ तरहरा हाँसपोसा मञ्च, हङकङद्धारा राहत प्रकोप व्यवस्थापन कोष, इटहरी उपमहानगरपालिकालाई ५० हजार १ सय रुपैयाँ प्रदान गरेको छ । उक्त रकम आज हस्तान्तरण गरिएको छ ।

मञ्चका अध्यक्ष कालसिं राईले विपतको समयमा हङकङमा रहेका साबिकका हाँसपोसा गाविस र हाल इटहरी उपमहानगरपालिका वडा नं. २० र १९ लगायतका वडावासीहरुबाट सहयोग रकम संकलन गरि पठाईएको जानकारी दिनुभयो ।
मञ्चका सचिव भक्त (किरण) तामाङले तत्काललाई ५० हजार एक सय रुपैयाँ भए पनि इटहरी उपमहानगरबासी मात्र नभई आफ्नो मातृभूमिलाई अप्ठ्यारो परेको अवस्थामा यथासक्दो थप सहयोग गर्ने बताउनु भयो ।
सन् २०१३ मा हङकङमा गठन भएको मञ्चले विभिन्न समयमा नेपालमा परेको आपत विपतमा सहयोग गरिरहेको छ ।
सहयोग रकम मञ्चका सदस्य सुबेक्छु देवान, शिव रुम्दाली राई र सामाजिक अभियन्ता नवीन गुरूङ, राजन बानियाँ र विकास गिरीद्धारा हस्तान्तरण गरिएको थियो ।

सहयोग रकम प्राप्त गरिसकेपछि साबिकको हाँसपोसा गाविसका आफु दुई पटक अध्यक्ष रहेका र एकै ठाँऊको भएकोले मञ्चका साथीहरुसँग भावनात्मक सम्बन्ध समेत रहेको मेयर द्धारिकलाल चौंधरीले बताउनु भयो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00

उस्तै खबर





can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09