चारभञ्ज्याङ तमु समाज पोखराको अध्यक्षमा गणेशबहादुर तमू
पोखरा ९ नयाँबजार सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज पोखराको अध्यक्षमा गणेशबहादुर तमु निर्विरोध निर्वाचित हुनुभएको छ । समाज भवनमा सम्पन्न १७ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले तमुको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति गठन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा क्या.ठाकुरप्रसाद तमु, द्धितिय उपाध्यक्षमा सु.मे.पुर्णबहादुर तमु, सचिवमा चन्द्रबहादुर तमु, सहसचिवमा गणेशबहादुर तमु, कोषाध्यक्षमा ध्रुबबहादुर तमु र सहकोषाध्यक्षमा सु.लालकाजी तमु चयन हुनुभएको छ । यसरी नै सदस्यहरुमा बसन्तकुमार तमू, तमबहादुर तमू, नरप्रसाद तमू, देउबहादुर तमू, पदमबहादुर तमू, सु.यामबहादुर तमू, शिव घले, पबी तमू, बेलकुमारी तमू र सपना तमू रहनुभएको छ।
यसै गरी आमा समितिमा पुनः डम्बरकुमारी तमू अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ। समितिको उपाध्यक्षमा इन्द्रकुमारी तमू, सचिवमा मिना तमू, सहसचिवमा सुशिला तमू, कोषाध्यक्षमा तारा तमू र सहकोषाध्यक्षमा सुर्यकुमारी तमू चयन हुनुभएको छ । यसरी नै समितिको सदस्यहरुमा रत्नकुमारी तमू, भिमकुमारी तमू, कन्याकुमारी तमू, तुलसीकुमारी तमू, सन्तु तमू, माया तमू, दुरु तमू, धनु तमू, पार्वती तमू,पुर्ण तमू, निसा तमू र बिष्णु तमू चयन हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिहरुलाई निर्वाचन समितिका संयोजक एवम कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमूले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। निर्वाचन समितिमा संस्थापक अध्यक्ष एवम सल्लाहकार प्रमुख पुरनध्वज तमू, सल्लाकार एव निवर्तमान आइसिसि अध्यक्ष क्या.चन्द्रप्रसाद तमू र सल्लाहकार एवम पुर्व अध्यक्ष सु.मे.नारायणसिंह तमू रहनुभएको थियो भने निर्वाचन समितिका सदस्यहरुले खादा माला लगाएर बधाई ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा चारभञ्ज्याङ तमु समाज पोखराका संस्थापक सदस्य, वर्तमान सल्लाहकार हुमबहादुर तमू तमु धिं नेपालको गरिमामय अध्यक्षमा निर्वाचित, बिना तमू सदस्यमा, कृष्णकुमार तमू सदस्यमा र चारभञ्ज्याङ तमु समाजका सचिव उमानसिंह तमू(माओत्सेतुङ) बेष्ट डाइरेक्टर घोषित भएको भन्दै बधाई एवम सम्मान गरिएको थियो।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38