ताजा खबर

तमू धीं नेपालमा तमू आमाहरुका लागि कानुनी सचेतना कार्यक्रम

   ९ चैत्र २०७८, बुधबार ११:१९      815 views

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा तमु आमा, दिदिबहिनीहरुलाई कानुनी सचेतना कार्यक्रम संचालन भएको छ ।

महिलाहरुलाई कानुनी सचेतना अनिवार्य महसुस गरी तमु धिं नेपाल केन्द्रीय आमा समितिद्धारा, पोखरा महानगरपालिकाको सहयोगमा उपमेयरसँग महिला कार्यक्रम अन्र्तगत तीन दिने कानुनी सचेतना कार्यक्रम शुरु भएको हो ।


कार्यक्रमको उद्घाटन गर्नु हुदै प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले कानुनी अज्ञानताले धेरै समस्या झेल्ने परिरकेकाले महिला, आमा, दिदिबहिनी मात्रै नभई बाबा, दाजुभाईहरुमा पनि कानुनी सचेतना जरुरी रहेको बताउनुभयो। कानुनी अज्ञानता क्षम्य नहुने भएकाले व्यहारिक, प्रथाजनित, विधि विधान, ऐन, कानुुनदेखि संविधान सबै नागरिकले बुझ्नुपर्ने उहाँको भनाई थियो ।

कानुनी सचेतना तालिमले कानुनी ज्ञान, हामीलाई परिआउने समस्या पहिचान र उन्मुक्तिका लागि मार्ग देखाउन सक्षम हुने बताउनुभयो।उहाँले महिला शसक्तिकरणका लागि वडाहरुमा महिला प्रतिभाकोष स्थापना गरिएकाले उक्त कोषबाट तालिम माग गर्न सकिने बताउनुहुदै आफुले आमा दिदिबहिनीको क्षमता अभिवृद्धि, सशक्तिकरण र व्यवसायिकताका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।

तमु धिं नेपाल केन्द्रीय आमा समितीकी अध्यक्ष पञ्च कुमारी तमुको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष पवित्रा देवी गुरुङद्धारा स्वागत, सचिव बालकुमारी गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ९ का वडा सदस्य गिता चर्मकार, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुरेन्द्र गुरुङले कार्यक्रमको प्रभावकारीता र सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

पोखरा महानगरपालिका वडा नं ९ का शान्ति दर्शन महिला समूहका अध्यक्ष जगन कुमारी गुरुङ तथा शान्ति बन आमा समूहका अध्यक्ष कृष्ण माया चौधरीको समेत गरी ४० जना आमा दिदिबहिनीहरुको सहभागी रहेको पहिलो दिनको तालिमको सहजीकरण तमु धिं नेपालकी महासचिव अधिवक्ता जुना कुमारी गुरुङले गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284